उपत्यकामा माओवादी निल, यस्ताे छ जिल्ला भागबन्डा

967

भक्तपुर । एकता प्रक्रिया सुरु भएको एघार महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्लाकै अध्यक्ष र सचिव घोषण गर्दैछ । नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवस तथा लेनिल जयन्तीको अवसर पारेर नेकपाले जल्लिा अध्यक्ष र सचिव घोषणा गर्न लागेको हो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा सोमबार नेकपाले सात प्रदेशअन्तर्गतका ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सार्वजनिक गर्नेछन् ।

आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले ४७ जिल्लामा पूर्वएमाले र ३० जिल्लामा पूर्वमाओवादीले नेतृत्व गर्ने गरी भागबन्डा मिलाएको हो ।

जिल्लाको एकतामा माओवादीको भागमा उपत्यकाको एक जिल्ला पनि परेको छैन । विशेष महत्वसाथ हेरिने उपत्यकामा पूर्वमाओवादीको भागमा भने एक जिल्ला पनि नपरेको हाे ।

राजनीतिको केन्द्रबिन्दु मानिने राजधानीमा पूर्वएमालेले भने तीनवटै जिल्ला आफ्नो भागमा पारेको छ ।

भागबन्डाअनुसार प्रदेश १ मा पूर्वएमालेको भागमा सबैभन्दा बढी जिल्ला परेको छ । उसले त्यहाँ १० वटा जिल्ला अध्यक्ष पाएको छ भने पूर्वमाओवादीले ४ जिल्ला पाएको छ ।

त्यसैगरी, प्रदेश २ का ८ जिल्लामध्ये पूर्वएमालेको भागमा ५ र पूर्वमाओवादीको भागमा तीन जिल्लाको नेतृत्व परेको छ ।

प्रदेश ३ मा पूर्वएमालेका तर्फबाट ८ जिल्लामा र पूर्वमाओवादीका तर्फबाट ५ जिल्लामा जिल्ला नेतृत्व रहने भएका छन् ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये पूवएमालेका तर्फबाट ८ जिल्ला र पूर्वमाओवादीका तर्फबाट ३ जिल्लामा नेतृत्व रहनेछन् ।

प्रदेश ५ र कर्णाली प्रदेशमा भने पूर्वएमाले र पूर्वमाओवादीले बराबर भागबन्डा गरेका छन् । पूर्वएमाले र पूर्वमाओवादीले प्रदेश ५ का १२ र कर्णाली प्रदेशका १० जिल्लामध्ये दुवै प्रदेशमा आधाआधा भागबन्डा गरी जिल्ला नेतृत्व टुंग्याइएका छन् ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ५ जिल्ला अध्यक्षहरू पूर्वएमालेका रहनेछन् भने पूर्वमाओवादीका ४ जिल्ला अध्यक्ष रहनेछन् ।

हेर्नुहोस्,प्रादेशिक भागबन्डा

प्रदेश १ः पूर्वएमाले : १० जिल्ला

इलाम
पाँचथर
झापा
मोरङ
तेह्रथुम
धनकुटा
भोजपुर
संखुवासभा
सोलु
उदयपुर

प्रदेश १ः पूर्वमाओवादी ४ जिल्ला

ताप्लेजुङ
खोटाङ
सुनसरी
ओखलढुगा

प्रदेश २ः (पूर्वएमालेः ५ जिल्ला)

धनुषा
महोत्तरी
सर्लाही
रौतहट
पर्सा

प्रदेश २ः (पूर्वमाओवादी :३ जिल्ला)

सप्तरी
सिराहा
बारा

प्रदेश ३ः (पूर्वएमाले : ८ जिल्ला)

दोलखा
सिन्धुपाल्चोक
रसुवा
धादिङ
मकवानपुर
भक्तपुर
ललितपुर
काठमाडौ

प्रदेश ३ः (पूर्वमाओवादी : ५ जिल्ला)

रामेछाप
सिन्धुली
काभ्रे
चितवन
नुवाकोट

गण्डकीः (पूर्वएमाले : ८ जिल्ला)

तनहुँ
कास्की
मनाङ
मुस्ताङ
पर्वत
स्याङजा
नवलपरासीः (सुस्ता पूर्व)

बाग्लुङ

गण्डकीः (पूर्वमाओवादी : ३ जिल्ला)

गोरखा
लम्जुङ
म्याग्दी

प्रदेश ५ः (पूर्वएमाले : ६ जिल्ला)

रुपन्देही
कपिलवस्तु
पाल्पा
गुल्मी
प्युठान
दाङ

प्रदेश ५ः (पूर्वमाओवादी : ६ जिल्ला)

नवलपरासी (सुस्ता पश्चिम)
अर्घाखाँची
रुकुम पूर्व
रोल्पा
बाँके
बर्दिया

कर्णाली प्रदेशः (पूर्वएमाले : ५ जिल्ला)

सल्यान
डोल्पा
मुगु
दैलेख
सुर्खेत

सुदुरपश्चिम प्रदेशः (पूर्वएमाले : ५ जिल्ला)

बाजुरा
डोटी
अछाम
बैतडी
कैलाली

सुदुरपश्चिमः (पूर्वमाओवादी : ४ जिल्ला)

बझाङ
दार्चुला
डडेलधुरा
कञ्चनपुर

भूगोलबाहेकका प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका तीन जिल्लासँगै २२ जनसंगठनको एकीकरण पनि सचिवालय बैठकले चाँडै टुंग्याउने नेताहरुले बताएका छन् । यसअघि निर्वाचन क्षेत्र र स्थानीय तहमा भने जिल्लास्थित कार्यदलले नै अधिकांश स्थानमा भागबन्डा गरिसकेका छन् ।