सरकारले यातायात व्यवसायीको मर्का बुझिदिए हुन्थ्यो

91

करिब १४ वर्षदेखि यातायात क्षेत्रमा आबद्ध रविन सैंजुले सहचालकबाट यस क्षेत्रमा प्रवेश गरे । सहचालक, चालक हुदैं अहिले उनि यातायात व्यवसायी बनेका छन् । ख्वप: भक्तपुर यातायातका उनि संचालक हुन् । उनको संघर्ष तथा सफलताबारे केही खोतल्ने प्रयास गरेका छौं । साथै लकडाउन र निशेधाज्ञाबाट उनको व्यवसायमा कस्तो असर परिरहेको छ त ? सो बारे पनि हामीले कुरा गरेका छौं ।

यातायात क्षेत्रमा आबद्ध हुनु भएको कति वर्ष भयो ?
म पहिले सहचालक थिए, सहचालक हुदैं चालक बनेर र पछि व्यवसायी बनें । यसरी हेर्दा यो क्षेत्रमा लागेको १४ वर्ष जति भयो ।
पढ्दा पढ्दै आउनु भयो कि ?
पढाई त खासै छैन । सहचालक हुँदैं यातायात व्यवसायी बनें ।
स्वरोजगार हुनुहुन्छ, आफ्नै गाडी छ ?
हजुर, आफ्नै गाडी छ । आफैं गाडी चलाउछु ।
यतिबेला त कोरोना भाइरसका कारण यातायात क्षेत्र लामो समय देखि ठप्प छ, बैंकको किस्ता पनि बुझाउनु पर्ला ? कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
बैंकले त पहिला जस्तो ताकेता गरेको छैन । तर ब्याज समेत चैं लिइराखेको छ ।
गाडीहरू थन्किरहेका छन्, तपाईका स्टाफहरु पनि होलान्, उनिहरुको खाने बस्ने व्यवस्था कसरी मिलाउदैं हुनुहुन्छ ?
कोरोनाका कारण अस्तव्यस्त छ । तथापि गाडी चलेको छैन भन्दैमा स्टाफलाई भोकै राख्ने कुरा आएन । त्यसैले स्टाफहरूलाई पनि सक्दो व्यवस्था मिलाइरहेको छु ।
लामो समयको लकडाउन पछि बिचमा तपाईहरूले केही समय गाडी चलाउनु भयो । तर त्यतिबेला पनि गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेको गुनासो आएको थियो, तपाईहरूको चाहिं गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेको थियो कि थिएन ?
हाम्रो पनि उही हालत हो । टायर, इञ्जिन सबै बिग्रिएको भने मोबिल पुरै फेर्नुपर्ने अवस्था थियो ।
भनेपछि गाडी निकाल्दा कति खर्च लाग्यो ?
धेरै जस्तोमा त टायर र ब्याट्री फेर्नु पर्यो । अझ इञ्जिन पनि बिग्रिएकोले निकै लाग्छ नि ।
यही अवस्था रही रहे गाडीहरू नै सरकारलाई जिम्मा लाउछौं भन्दैछन् व्यवसायीहरु, यसमा तपाईको चाहिं अवस्था के छ ?
सरकारले राहत दिएको खण्डमा हामी यातायात व्यवसायीहरूलाई केही राहत महशुस हुन्थ्यो, खै यही अवस्थाले त गाह्रो छ ।
यस्तो अवस्थामा राज्यले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईलाई ?
सरकारले यातायात व्यवसायीको मर्का बुझिदिए हुन्थ्यो । बैंकको किस्तामा सहजीकरण गरिदिए मात्रै पनि हामीलाई पनि राहत मिल्थ्यो ।