सावधान गर्भावस्थामा नखानुहोस् सिटामोल, बच्चालाई यस्तो असर गर्छ

299

स्कटल्यान्डमा भएको एक अनुसन्धानले देखाएको छ कि गर्भवती महिलाका लागि सिटामोलको प्रयोग निकै हानिकारक छ ।

स्कटल्यान्डको एडिनवर्ग विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार गर्भवती महिलाले सिटामोलको प्रयोग गर्नु हुँदैन । यस्ता महिलाले सिटामोलको प्रयोग गर्दा जन्मने बच्चाको प्रजनन क्षमतामा भारी असर पर्छ । यदि पेटको शिशु छोरी छ भने उसलाई अझ बढी असर पर्न जाने अनुसन्धानबाट पत्ता लागेको छ ।

टाउको दुख्दा होस् वा पेट दुख्दा, नेपालीले सबैभन्दा पहिले नाम लिने औषधि हो, पारासिटामोल । तत्कालीन पीडालाई कम गर्न मानिसले सिटामोलको प्रयोग गर्छन् । नेपालीका लागि सिटामोलको प्रयोग सामान्य बनेको छ । तर, प्रायः मानिस यसको दीर्घकालीन असरबारे भने अनभिज्ञ हुन सक्छन् ।

पारासिटामोलको प्रयोगले तत्कालका लागि दुखाइमा राहत मिल्ने भए पनि दीर्घकालीन रूपमा ठूलो असर पर्छ । सिटामोलको सम्पर्कका कारण शिशुको ४० प्रतिशत अण्डकोषको मृत्यु हुने गर्छ । त्यसैले बच्चाको प्रजनन क्षमतामा भारी गिरावट आउँछ । बच्चालाई दीर्घकालीन रूपमा बाँझोपनको समस्यासमेत निम्तिन सक्छ ।

विश्वविद्यालयका प्रोफेसर रिचर्ड सार्पेले भनेका छन्, ‘यो शोधले पारासिटामोलको सम्भावित खतरालाई पुष्टि गरेको छ । यसबारे अझ बढी अध्ययन गर्दै छौँ । पारासिटामोलमा भएको आइब्युफेन हर्मोनले प्रोस्टेग्लेडिन ई टुलाई हस्तक्षेप गर्छ । जसको परिणाम उक्त हर्मोनले भ्रुणको प्रजनन क्षमता विकासमा पनि ह्रास ल्याउने काम गर्छ । यसले गर्भावस्थामा पारासिटामोलको प्रयोग हानिकारक छ भन्ने प्रस्ट पार्छ ।’