भक्तपुर । नदिको बहाव क्षेत्रलाई बेवास्ता गर्दै बढ्दो सहरीकरण उपजका रूपमा भक्तपुरमा बषैनी डुबान हुँदै आएको छ । भक्तपुरको मुख्य नदिका रूपमा रहेको हनुमन्ते र खस्याङखुसुङ खोलामा बढ्दो साँधुरीकरणको उपजका रूपमा बसैनी भक्तपुरले डुबान खेप्दै आउनु परेको छ । सरकारी मापदण्डमा खोला भन्दा २० मिटर छोडेर मात्र कुनै पनि संरचना बनाउन पाइने भए पनि यसको बेवास्ता गर्दै गरिएको निर्माणले भक्तपुरका खोला किनारका बस्ती डुबानमा पर्दै आएका छन् ।
खोला साँगुरो हुँदै जानु , खोला साँगुरो बनाउनु आफूले आफैलाई पराक्रम ठान्नुले नै भक्तपुरमा डुबानको समस्या भएको जानकारहरू बताउँछन् । मानिस हाल खोलामा पसेका छन् अनि खोला मानिसको घरमा नपसेर कहाँ जावस त , यो प्रतिप्रश्न गर्ने दिन आज आएको छ । यो जरा देखि नै भएको समस्या हो , पहिलो नम्बरमा खोला मिचिनु , फोहर फाल्ने स्थानको रूपमा खोलालाई लिँदा खोलाको सतह माथि आउनु , खोला मिच्नु र मापदण्ड नछोडी नगरपालिका लाई छक्काउनु पराक्रम ठान्नु पनि खोला बस्तीमा पस्नु एक समस्या हो । अविरल वर्षा पहिलो कारण भए पनि अरू कारणले पनि डुबानको समस्या देखिने गरेका छन् ।
खोला साँगुरो हुँदै गएको छ , पुल मुनी जम्मा भएको माटो एवं खोलामा अन्य समयमा बगाएर ल्याएको माटोले खोलाको सतह बढेको छ यो समस्याले पनि बाढी बस्ती पस्न मदत पुगेको हो । खोलाको मापदण्ड नछोड्नु सकभर खोला मिचेर पर्खाल बनाउने प्लानिङले बाटो बनाउने आदि कारणले पनि समस्या भएको देखिन्छ ।
प्राकृतिक विपत्तिको कसैले सामना गर्न खोजेर सकिने त हैन तर बेलैमा सचेतना नअपनाउँदा केही मात्रामा डुबानको कारण हो ।
घरको मात्र बढ्यो तर जमिन भित्र पानी जाने स्थानको कमी भएका कारण पनि प्रकोप बढेको संस्कृति विद् रञ्जन कुमार दुलाल बताउनुहुन्छ । पहिला पानी जान खोला चौडा थिए । जमिन भित्र पानी पस्न खुल्ला स्थान बढी थियो हाल जता ततै घर निर्माण भएका छन् कंक्रिडिकरणले पानी थोरै भए पनि खोलामा नै आउँछ खोला सानो भएको छ दिनानुदिन साँधुरिदै पनि छ निकास छैन अनि डुबान हुनु स्वाभाविक हो आज परेको भन्दा सानो पानी पर्दा पनि डुबान हुन्छ केही वर्षमा ।उहाँ बताउनुहुन्छ ।
अस्तव्यस्त सहरीकरणको उपज खोलामा बाढी पसेको सल्लाघारी निवासी माधव खत्री बताउनुहुन्छ । खोला मनिसको बस्तीमा अहिले पस्यो पहिला मानिस खोलामा पस्यो अनि खोला कहाँ जावस त उहाँको तर्क थियो । स्थानीय निकाय लामो समय हुन नसक्नु मनमर्जिरुपमा खोलालाई साँगुरो बनाउँदै मापदण्ड मिचेर घर बनाउनु खोलो खाँधुरो बनाउँदै जग्गा निकाल्ने गिरोह सक्रिय हुनु यो समस्याको मुख्य कारण भएको उहाँ बताउनुहुन्छ ।
जमिनको सतह खोला सो सरह र होचो भएका कारण भक्तपुर हनुमन्तेको चपेटमा बस्ती परेको देखिन्छ । भयावह बर्सात एक कारण भए पनि हनुमन्ते दोहन र फोहर फाल्ने निकासका रूपमा रहेका कारण खोलाको सतह बढ्नु पनि डुबानको एक कारण हो।
हनुमन्तेले बषैनी करोडौँको नोक्सानी गर्दै बस्तीमा पस्दै आएको भए पनि कतै बाट यस समस्याको समाधानको लागि भने पहल भएको देखिन्न ।
वर्षामा सुडाल ताथली बागेश्वरी नगरकोट चित्तपोल लगायतका स्थानमा ठुलो वर्षा हुँदा हनुमन्तेको माथिल्लो भाग डुबानमा पर्ने गरेको छ भने छालिङ चाँगुनारायण झौखेल नुवाकोटमा भारी वर्षा हुँदा खस्याङखुसुङ मा बाढी आउने गरेको छ । यी दुई मुख्य खोला सल्लाघारीमा गएर मिसिएर मध्यपुर थिमीका अधिकांश स्थान डुबानमा पर्ने गरेका छन् ।