भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीको हलाल गाउँमा अवस्थित चट्टान अभिलेख मासिने संघारमा पुगेको छ ।
१७ औं शताब्दीमा सादा चट्टानमा लेखिएको नेपालको पहिलो अभिलेख मासिने संघारमा पुगेको हो ।
यो खुल्ला चट्टानमा लेखिएको नेपालमा हाल सम्म प्राप्त पहिलो अभिलेख भएपनि संरक्षणको अभाव र स्थानियको लापरवाहीले मासिने संघारमा पुगेको अभिलेख पत्ता लगाउने मुना केसी बताउँछिन् ।
पुरातात्त्विक महत्त्व बोकेको वासुकी ढुङ्गा खुल्ला आकाश मुनिको खुल्ला संग्राहलय हो तर आज यो पुरातात्विक महत्वले भरिपुर्ण स्थानमा भएका ढुंगा फोरी तार जाली भर्दा खानेपानीको मुहान निर्माण गर्ने हेतुले गरिएको कार्यबाट अभिलेख नस्ट हुने संघारमा पुगेको उनी बताउँछिन् ।
अभिलेख लेखिएको चट्टान भन्दा माथीका ढुंगाहरु निकालेका कारण पानी सिधै अभिलेख भएर बग्न थालेको जसले अभिलेख नस्ट हुने र अभिलेख भएको भन्दा तलका ढुंगा निकाल्दा मुख्य ढुंगा नै बग्न सक्ने तथा टुट्न सक्ने अवस्थामा पुगेको उनी बताउँछिन् ।
स्थानिय निकायले नेपालको नै पहिलो चट्टान अभिलेखका रुपमा रहेको उक्त स्थानको संरक्षण गर्नु पर्नेमा उल्टै खानेपानी तथा सिंचाईको लागि उक्त स्थानबाट नै पानीका मुहान सोजाउने हेतुले गरिएको कार्य निन्दनिय भएको उनी बताउँछिन् ।
१७ औं शताब्दीमा उपत्यककाका राजाहरुले एकै चट्टानमा लेखिएको अभिलेख फेला पर्नु एक दम दुर्लभ कुरा भएको संस्कृति विद रन्जन कुमार दुलाल बताउँछन् । उनका अनुसार उक्त समयको आपसी सद्भावलाई दर्सासाउने उक्त अभिलेख नस्ट भएमा नेपालको ईतिहाँसको एक पाटो नै समाप्त भएबराबर हुन्छ ।
हाल जोखिम अवस्थामा पुगेको वासुकी ढुङ्गाको पूर्वी भागका अभिलेख नेपाल सम्वत ७७७ ,नेपाल संम्वत ७६९र ७७५ गरि तिनवटा अभिलेख कुँदिएका छन् ।
कान्तिपुरको राजा र भक्तपुरको राजाले कुदांएको अभिलेख भएको उक्त ढुंगा खतरामा परेको स्थानिय बताउँछन् ।
उहिले चाँगु, साँखु,नालदुम,महादेव पोखरी, नाला,साँगा आदि भक्तपुर राज्यमा थिए र हाल अभिलेख रहेको स्थान गढि बस्ती गाउँ किल्ला नेपाल उपत्यकाका पूर्वी ढोकाको रुपमा रहेको ईतिहाँसकारहरुको भनाई छ ।
तिब्बत ,चीन र भारत पुग्ने छोटो मार्गका रुपमा उपत्यकाबासीले प्रयोग गर्ने मार्ग पनि यसै भेगमा रहेका कारण पनि उक्त स्थानमा रहेका शिलालेखको महत्व बढि रहेको ईतिहाँसविदहरुको भनाई रहेको छ ।
आर्थिक,सामरिक ,साँस्कृतिक आदि अनेकौं दृष्टिकोणले महत्त्वपूर्ण भएकोले यो भेग पाउन कान्तिपुर र भक्तपुर बिच खोसाखोस चलेको सिलालेखरुले देखाउने इतिहाँसविद प्रा डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।
एउटा राजा वा रजौटाले आफ्नो कब्जा जमाउने बित्तिकै आफ्नो इलाका निर्धारणका लागि यहाँका ढुङ्गामा चट्टान अभिलेख कुँदाएर आफ्नो राज्यको शिमाका रुपमा यसलाई निर्धारण गरिएको प्रतिकका रुपमा हाल अभिलेखहरु स्पस्ट रुपमा देख्न सकिने उनी बताउँछन् ।
यसरी चट्टान अभिलेख राख्नुको मुल अभिप्राय राज्यको सिमाइलाका प्रभावक्षेत्र निर्धारण गर्नु रहेको देख्न सकिन्छ ।
यी ढुङ्गाहरुमा दैवीय शक्ति छ भन्ने जनविश्वासका कारण हालसम्म यी ढुङ्गा फुटाउने साहस कसैले गरेका छैनन् ।
तर अहिले वासुकी ढुङ्गाको वरपर रहेका सम्पूर्ण ढुङ्गा फुटाइ बसुकी ढुंगा चट्टान अभिलेख भएको ढुंगा जोखिममा परेको स्थानियहरु बताउँछन् । ताथली हलाल गाउँको मात्रै हैन समग्र नेपालकै गौरव र गरिमा बढाएको उक्त स्थानको अभिलेखको संरक्षणमा सवैको चासो पुग्नु पर्ने स्थानियहरुको माग समेत रहेको छ ।
यस्ता राष्ट्रिय धरोहरहरुलाई बचाएर राख्नु स्थानिय बासिन्दा , चाँगुनारायण नगरपालिका ,नेपाल सरकार ,पुरातत्व विभाग सबैको दाहित्व हो ।