प्लास्टिक नियन्त्रणमा नआएसम्म हनुमन्ते सफा नहुने : बाटी

510
सन्जीब दुलाल
भक्तपुर । प्लास्टिक प्रयोगमा नियन्त्रण नआएसम्म हनुमन्ते खोला सफा नहुने प्रदेश सभा सदस्य सरस्वती बाटीले बताएकी छन् ।
हनुमन्ते सफाईका क्रममा शनिवार उनले प्लास्टिक जन्य पदार्थको नियन्त्रण हुन् नसकेसम्म उपत्यकाका कुनै पनि खोला सफा हुन् नसक्ने बताएकी हुन् ।
भक्तपुरका ४ वटा नगरपालिकार भएर बग्ने धार्मिक स्थल हनुमन्तेको सफाई ब्यक्ति नभई समुदाय नै लाग्नु पर्ने उनको भनाई थियो ।
यदि हनुमन्ते सफा देख्नु छ भने हरेक भक्तपुरबासीले आफूमा सफाई गर्दै हनुमन्तेमा फोहर फाल्न छोड्नु पर्ने उनको भनाई थियो ।
प्लास्टिक जन्य झोला मुक्त प्रदेश निर्माण नभएसम्म उपत्यकाका कुनै पनि खोला सफा हुन् नसक्ने बताउँदै उनले ३० माईक्रोन भन्दा कमको प्लास्टिक उत्पादनमा रोक लगाउनु पर्ने बताईन् ।
प्लास्टिक नियन्त्रणमा नआएसम्म हनुमन्ते सफा नहुने : बाटी
२०८५ साल सम्ममा प्रदेश नम्वर ३ लाई पेट्रोलियम पदार्थ खपतमा ५० प्रतिशत कमी गर्दै विद्युतिय प्रदेशमा लैजानु पर्ने बताउँदै उनले आगामी दश बर्षमा यस प्रदेशमा पुन ट्रली बस सामान ढुवानीकालागि रोप वे संचालनमा आउने बताईन् ।
सधाँका बर्ष डुवानमा पर्दै आएको हनुमन्ते सफा गरेर मात्र यसको समस्या समाधान नहुने बताउँदै उनले खोला गहिरो र हरियाली प्रर्वधनमा जोड दिनु पर्ने उनको भनाई थियो ।
हुनमन्ते २०७४ साल फागुन देखि हरेक हप्ता शनिवारका दिन सफाई गरिदै आएको छ ।
कसरी भयो त हनुमन्ते फोहर
भक्तपुरको सवै भन्दा ठुलो घाट हनुमान घाट सम्म केहि वर्ष पहिला सम्म हनुमन्ते सफा थियो तर हनुमन्ते देखि ब्रम्हायणी कमलविनायक क्षेत्रमा बढदो सहरीकरण अनी ढल निकास खोलामा गर्ने परिपाटीका कारण हनुमन्ते फोहर भएको हो ।
जर्मन प्रोजेक्टले निर्माण गरि दिएको भक्तपुर नगरपलिकामा रहेको फोहर उपचार पोखरीको संचालनमा नआउनु पहिलो फेजमा हनुमन्ते फोहर हुनुको कारण हो ।
यस्तै थिमी नगरपालिका र सुर्यविनायक पुग्दा पनि सवै फोहर फाल्ने ढल बगाउने खोलाका रुपमा हनुमन्तेले नै प्राथमिकता पाउँदा हनुमन्तेलाई फोहर बनाउन मदत गर्दछ ।
कसरी सफा गर्न सकिन्छ त हनुमन्ते
हनुमन्ते सफा नै गर्ने हो भने सुडाल ताथली बागिश्वरी भएर भक्तपुर नगरपालिका प्रवेश गर्दा सम्मको स्थानमा जस्तै हनुमन्तेमा फोहर ढल एवं प्लास्टिक जन्य पदार्थ मिसाउन दिनु हुन्न ।
भक्तपुर नगरपालिकामा रहेका दुई उपचार पोखरीहरुको सुचारु गरि फोहरलाई मोहरमा परिणत गर्दै फोहरवाट ग्यास अनी मल निर्माण गर्न पहिलो प्राथमिकतामा राखेमा नै आधा हनुमन्ते सफा हुन्छ ।
भक्तपुर, थिमी र सूर्यविनायक नगरपालिकाबाट निक्लने ढलको उचित ब्यवस्थापन गर्ने तथा फोहरको ब्यवस्थापन गर्न सकेमा हनुमन्ते सफा आफै हुन्छ ।