हामी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिवद्ध छौं ।

695

ख्वप कलेजबाट माष्टर द्धितीय वर्षको परीक्षा सकाएर बसेकी सर्मिला खड्का, साविकको सुडाल गाविसमा बसोबास गर्छिन् । उनी अहिले चाँगुनारायण नपा ८ सुडालको आरक्षण नेशनल एकेडेमीकी प्रिन्सिपल हुन् । विद्यालयको बारेमा उनीसँग गरिएको कुराकानी :

कति समयदेखि शिक्षा क्षेत्रमा संलग्न हुनुहुन्छ ?
म अन्य जस्तो परिपक्व व्यक्ति त होइन तर विगत १० वर्षदेखि भने शिक्षा क्षेत्रमा संलग्न भएर शिक्षण गरिरहेकी छु । मैले गेदावरीको सूर्योदय एजुकेशनल एकेडेमीबाट आफ्नो शिक्षण थालेकी हुँ । अहिले पनि म शिक्षण र प्रशासनिक काम गरिरहेकी नै छु ।

आरक्षण स्कुलको परिचय कसरी दिनुहुन्छ  ?
आरक्षण नेशनल एकेडेमी स्कुल वि.सं २०७० सालमा हामीले सञ्चालनमा ल्याएका हौं । हामी अहिले तृतीय वर्षमा छौं । यो स्कुल ग्रामीण भेगमा रहेकाबालबालिकालाई गुणस्तरीय शिक्षा दिनका लागि स्थापना गरेका हौं । गुणस्तरीय शिक्षाको लागि टाढा, बजारमा, नगरमा जान नपरोस्, तिनीहरुले गाउँमै स्तरीय शिक्षा पाउन सकून् भन्ने उद्देश्यले यो स्कुल सञ्चालनमा ल्याएका हौं । हामी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिवद्ध छौं । हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौं, परीक्षाको परीक्षाफल पनि राम्रो दिन सकेका छौं । हामी शैक्षिक उत्कृष्टताका अलावा विद्यार्थीमा रहेको प्रतिभालाई उजागर गर्ने काममा पनि आफूलाई समर्पित गरिरहेका छौं । ग्रामीण भेगमा रहेको एउटा राम्रो विद्यालयको रुपमा यो स्कुललाई स्थापित गर्न हामी लागिरहेका छौं ।
गाउँमै किन खोल्नुभयो ?
सुडाल, पहिला भक्तपुरकै सबैभन्दा ठूलो गाविसको रुपमा चिनिएको गाविस हो । यहाँ शिक्षाको अवस्था त्यति राम्रो छैन, मानिसहरुको सोचाइमा पनि शिक्षाले प्रभाव पार्छ । सुडालको सन्दर्भमा यहाँका थोरै मानिसहरुमात्र शैक्षिक योग्यताका दृष्टिले अघि बढेका छन् । त्यसो हुनुको कारण यहाँ गुणस्तरीय शिक्षा दिने स्कुलको कमीले भएको समाजसेवी, शिक्षाप्रेमीहरुको भनाइ छ । त्यही कारण पनि गुणस्तरीय शिक्षाको खोजीमा विद्यार्थीलाई भक्तपुर नगरमा सञ्चालित विद्यालयहरुमा बसको माध्यमले पठाउने गरेका छ । यही कुरालाई रोक्न सकिन्छ, गाउँको पनि विकास हुन्छ, गाउँकै केही व्यक्तिले भए पनि रोजगारी पाउँछ भन्ने सोचले यो स्कुल खोलेका हौं ।
गाउँको विद्यालयले गुणस्तरीय शिक्षा कसरी दिन सक्ला त ?
गुणस्तरीय शिक्षा अन्तर्गत शैक्षिक उत्कृष्टता, जुन हामी किताव, पाठ्यक्रमबाट दिन सक्छौं, त्योसँगै बच्चाले आफूमा हुने वर्ष अनुसारको सिकाइ जुन छ, त्यो अनुसारको विकास उसले पायो भने गुणस्तरीय शिक्षा हुन्छ जस्तो लाग्छ । आजकाल अँग्रेजी भाषाप्रति सबैको लगाव छ, त्यसलाई हामीले लागू गरेका छौं । त्यस्तै खेलकुद, जसले शारिरीक विकास गर्छ, विभिन्न प्रकारका नृत्यहरु, संगीत कक्षा, विद्यार्थीको नैतिक र सामाजिक विकासका लािग हामीले स्कुलमा रेष्पेक्टफुल वातावरण बनाएका छौं । यहाँका बाबुनानीहरुलाई सभ्य र सुसंस्कृत बनाउने तरिकाहरु, विधिहरुलाई हामीले प्राथमिकतामा राखेका छौं ।

ग्रामीण परिवेशमा रहेको सन्दर्भमा नजिकको तीर्थ हेला भनेजस्तै गरी गाउँको विद्यालयलाई नरोजी टाढाको विद्यालय रोज्ने अवस्थामा आरक्षण स्कुल नै किन रोज्ने त ?
नजिकको तीर्थ हेला हुनुमा मानिसको सोचमा परिवर्तन आवश्यक देखेको छु । शिक्षाको कमीले नै यो उखान बढी लागू भएको हो जस्तो लाग्छ । राम्रो शिक्षाका लागि बजारमै पढाउनुपर्छ भन्ने जुन मानसिकता छ, त्यसलाई परिवर्तन गर्न आवश्यक भैसक्यो, बजारका स्कुलको विकल्पमा आरक्षण नेशनल स्कुल आइसकेको छ भन्ने जानकारी दिन ने हामीले यो स्कुल सञ्चालनमा ल्याएका हौं । आरक्षण नै किन भन्ने सन्दर्भमा यो स्कूल नै किन होइन त जबकि राम्रो विद्यालयको लागि बजारमा पठाउनुहुन्छ भने हाम्रो पनि राम्रो विद्यालय हो भन्न चाहन्छ । यदि यो कुरामा कुनै अभिभावकलाई विश्वास लाग्दैन,शंका लाग्छ भने आउनुस्, स्कुल भिजिट गर्नुस्, यहाँका शिक्षकसँग भेट्नुस् । यहाँ हामीसँग विद्यार्थीको लािग चाहिने सबै खालका खेलकुदका सामग्ी छन्, अनुभवी र योग्य शिक्षकहरुको समूह छ । यसकारण पनि आरक्षण रोज्दा हुन्छ ।

यहाँ कुन कुन तालिमप्राप्त र कति शैक्षिक योग्यताका शिक्षकहरु हुनुहुन्छ ?
हामीले सुरुमै पनि बालविकास केन्द्र सञचालन गरेर यो तहसम्म आएका छौं । हामीसँग बालबालिकाको मनोविज्ञान बुझ्ने स्वभावका तालिम लिएका शिक्षकहरु छन् । हामीसँग न्यूनतम कक्षा १२ उत्तीर्णदेखि लिएर माष्टर अध्ययनरत शिक्षकहरु छन् । सक्षम  र सीप भएका शिक्षकहरु हामीसँग छ ।

बाहिरबाट स्कुलको भौतिक संरचना हेर्दा महंगो हुन्छ कि भन्ने अनुमान गर्न सकिन्छ ? यहाँको शुल्कको अवस्था कस्तो छ ?
ठूलो भवन, राम्रो भवन बनाएँ भन्दैमा हामी अभिभावकसँग महंगो शुल्क लिँदैनौं । ग्रामीण भेगमा बसेपछि यहाँका धनाध्यदेखि गरिब वर्ग सम्मका अभिभावकका सन्तान पढ्न र पढाउन सक्ने शुल्क बनाएका छौं । यहाँको शुल्क मध्यम खालकै छ । अभिभावकले एफोर्ड गर्न सक्ने शुल्क नै छ ।

अन्य सुविधाहरु चाहिँ के के छन् ?
हाम्रा भौतिक संरचना भूकम्प प्रतिरोधी छन्, कक्षाकोठाहरु बालमैत्री छन्, खेल्नका लागि पर्याप्त मात्रामा खेलकुद सामग्रीका अलावा प्रशस्त खेलमैदान छ । स्कुलले बसको व्यवस्था छ । कक्षाकोठामा सिसी क्यामेराको बन्दोबस्त गरेका छौं । स्कुलको कम्पाउण्ड छ, सेक्युरिटीको ब्यवस्था छ ।

स्कुल सञ्चालनमा आएसँगै केही सार्वजनिक स्कुलका  प्रअ तथा विव्यसका पदाधिकारीहरु तर्सेका छन्, उहाँहरुलाई के भन्नुहुन्छ ?
तर्सिने भन्दा पनि आफ्नो काममा आफू निडर भएर, मैले स्कुल खोलेको छु, भनेर मिहिनेत गर्ने बानी विकास भएको खण्डमा कोहीसँग कोही डराउनुपर्ने अवस्था छैन । सामुदायिक स्कुल भनेका छ, शिक्षकलाई सरकारले तलब दिएकै छ भनेर लापरबाही गरेको खण्डमा पक्कै पनि डराउनैपर्छ । निडर भएर, स्थिर भएर चलाउने भए डराउनुपर्ने स्थिति देखेको छैन ।

अन्तमा थप कुरा केही छन् कि ?
अभिभावक आफै पनि स्कुलको वातावरण नहेरीकन कुनै स्कुलको विश्वासमा पर्नु हुन्न । कोही शिक्षकले भन्दैमा विश्वास नगरी, स्कुलको एकेडेमिक एक्सिलेन्स कस्तो छ ? त्यो हेर्नुपर्छ ।