कोरियामा आत्माहत्या गर्ने नेपाली बढे, एक सातामा तीनको मृत्यु

455

सोल : रोजगारी अनमुति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि कोरिया आउने नेपाली युवाले पछिल्लो समय आत्महत्याको बाटो रोज्ने क्रम बढेको छ । पछिल्लो समय एक साताको अवधिमा दुर्इ जनाले आत्महत्या गरेका छन् ।

सुसाइड नोट लेखेर गोरखाका सुनिल अधिकारीले कम्पनीको बाहिर पट्टी रहेको फलामे भर्‍याङमा पासो लगाएर आत्महत्या गरेको एक सातापछि दोलखाका बाइस वर्षीय युवकले सोमबार राती शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् ।

दुवै जना कोरियाको ठूला शहर मध्ये एक थेगुमा कार्यरत थिए । दोलखाका बाईस वर्षका समुन्द्रले दुर्इ साता अघि देखि डिप्रेसनको औषधी सेवन गर्दै आएको उनी कार्यरत कम्पनीका साथीले बताएका छन् । डिप्रेसनमा परेर असाधारण व्यवहार देखाउन थालेपछि कम्पनीका साथीहरुको पहलमा उनलाई नेपाल पठाउने तयारीमा साथीहरु जुटेका थिए । उनले आगामी शुक्रबार नेपाल जान हवाइ टिकट समेत लिएको बताइएको छ । सो कम्पनीमा झण्डै चौबीस जना नेपाली कार्यरत रहेका छन् । मृतकको शव अहिले पोष्र्टमार्टमका लागि प्रहरीले अस्पतालमा पुर्‍याएको छ भने नेपालमा रहेका परिवारलाई पनि खबर गर्ने काम भइरहेको नेपाली बताएका छन् ।

यसैबीच नेपाली राजदूतवासलाई पनि घटनाको जानकारी गराइएको पनि बताइएको छ । दूतावासका उपनियोग प्रमुख किरण शाक्यले घटनाको बारेमा अनौपचारिक जानकारी आएको तर प्रहरीले रिपोर्ट पठाउन बाँकी रहेको बताउनुभयो । शनिबार मात्रै कम्पनि काम गर्दै गर्दा दुर्घटनामा परेर मृत्युु भएका राजकुमार बिकको शव नेपाल पठाउने तयारी भएको बेला फेरि दुखद खबर आएको बताउनु भयो ।

ठूलो सपना बोकेर इपिएस मार्फत कोरिया प्रवेश गर्ने नेपालीको संख्या अहिले झण्डै ४४ हजारको हाराहारी छ । वर्षेनी इपिएस कोटा मार्फत पाँच हजार भन्दा बढि नेपाली कोरिया आउने गरेका छन् । नेपाली बढेसँगै कार्यस्थल र सडक दुर्घटना, ह्दयघात भएर सुतेको अवस्थामा मृत्यु हुने, विरामी भएर मृत्यु हुने र डिप्रेसनमा परेर आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।

अन्य कारण मध्ये सुतेको अवस्थामा मृत्यु हुने र डिप्रेसन वा विविध कारणले आत्महत्या गर्नेको संख्या अन्य भन्दा बढि नै छ । सन् २००८ यता एक सय दशभन्दा बढिको मृत्यु भइसकेको छ । आत्माहत्या र सुतेको अवस्थामा हुने मृत्युको भयावह स्थितिलाई नियन्त्रण गर्न नेपाल सरकारले त्यति चासो दिन सकेको छैन् ।

केहि महिनाअघि निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले विदेशमा हुने नेपालीको आकस्मिक निधनबारे सत्यतथ्य पत्ता लगाउन अध्ययन टोली गठन गर्ने बताएपनि हालसम्म अनाहकमै ज्यान गुमाएका कोरिया जस्ता मुलुकमा अध्ययन टोली पठाउने काम भएको छैन् । कोरियामा विकराल बन्दै गएको डिप्रेसन र त्यसबाट मुक्ति पाउन गरिने आत्महत्या जस्तो बाटो रोक्न सम्बन्धित सरोकारवाला निकाय गम्भीर हुन जरुर छ ।