सहामतीकालागी मात्र अव सहमती नगरीने राप्रविसंघको चेतावनी

846

इटहरी । जनता बहुमुखी क्याम्पसका सवालमा सहमतीकालागी मात्र सहमती नगरीने प्रजातान्त्रिक विद्यार्थी संगठनले जनाएको छ । जनता बहुमुखी क्याम्पसको बेथितिको सुधारका लागि आफुहरुले राखेको मागका सम्वन्धमा केवल सहमतिका लागिमात्र सहमती गरेर नछोड्ने संघले १३ बुंदे मागपत्र मार्फत जनाएको हो ।

राप्रविस कार्यवाहक अध्यक्षको हस्ताक्षरमा सो मागपत्र पेश गरिएको हो।
मागपत्रमा कक्षा ११ को प्रवेश परिक्षाको शुल्कमा मनोमानी पुर्ण तरिकाले रु ३०० वाट ५०० पुर्याइएकोलाई सच्याउन पर्ने, स्नातकोत्तरका विद्यार्थीलाई अर्धशुल्क मिनाहा गराउन पर्ने, स्नातक तह प्रथम वर्षको आन्तरिक परिक्षा दुइपटक हुनपर्नेमा एकपटक मात्र भएको लगायतका १३ शुत्रीय माग राखी मागपत्र क्याम्पस प्रमुख समक्ष पेश गरिएको राप्रविस जनता बहुमुखी सह सचीव विकेश वाग्लेले जानकारी दिए।

क्याम्पसका प्रत्येक जोड इट्टामा गरिब जेहेन्दार तथा निमुखा विद्यार्थीहरुको पसिना बगेको छ तर विद्यार्थीको अवस्थालाई मनोमानी गरि शुल्क वृद्धि गरिनु तर शुल्क तिरेअनुरुप विद्यार्थीहरुले सेवा नपाएको तथा हेल्मेट टिचरहरुको बिगबिगी बढेकाले यसतर्फ क्याम्पस प्रशासनलाई घचघच्याउन यो माग पत्र प्रस्तुत गरिएको र यसलाई बेवास्ता गरे अरु आन्दोलनका कार्यक्रमहरु सुरु गरिने राप्रविस जनता बहुमुखीका कार्यवाहक अध्यक्ष दिनेश काफ्लेले बताए ।

त्यस्तै संगठनका प्रभावसाली नेता तथा राप्रविस सुनसरी जिल्ला सह सचिव ,सुरेश मिश्रले क्याम्पस प्रशासनले संगठनहरुलाई पुर्णरुपमा बेवास्ता गर्नु दुर्भाग्य भएको र मनोमानी पुर्ण तरिकाले शुल्कमा वृद्धि गर्नु तथा विद्यार्थीले पाउनुपर्ने सेवामा उदासिनता देखाउदा रास्ट्रवादी विद्यार्थी संगठन चुप लागि नबस्ने र यो मागपत्रलाई बेवास्ता गरे अर्को चरणको आन्दोलन गर्न बाध्य हुने बताए।
यसैगरि पुर्वी क्षेत्रका प्रभावसाली विद्यार्थी नेता बिकल रेग्मीले रास्ट्रवादि विद्यार्थी संगठन राप्रविस सदैव विद्यार्थीको हकहितका लागि अहोरात्र खटिदै आएको र खाटिने तर जनता बहुमुखी क्याम्पसमा बिकृती र बिसंगती हाबि हुँदै गएकाले यस्ता बिकृती बिसंगतिलाई भण्डाफोर गर्नकै निम्ति संम्पुर्ण कृयासिल विद्यार्थी संगठनहरु एक भएर लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको १३ बुदे मागपत्रमा यी कुराहरु समाबेश गरीएका छन । ं२ मा इन्ट्रान्स शुल्क रु।३०० बाट मनोमानि तरिकाले रु।५०० बनाइएकोमा उक्त रकम घटाउनुपर्ने, कर्मचारी तथा प्राध्यापक समयमा आउने जाने व्यवस्था मिलाउनुपर्ने वा समयको पूर्ण पालना हुनुपर्ने, स्नातक प्रथम वर्षको आन्तरिक परीक्षा दुई पटक हुनुपर्नेमा एक पटक मात्र भएकामा दुई पटक नै हुनुपर्ने स्नातक, स्नातकोत्तर  व्यवस्थापन सङ्कायका विद्यार्थीहरुलाई स्थानिय वित्तिय संस्थाहरुसँग समन्वय गरी इन्टर्नशिपको व्यवस्था मिलाउनुपर्ने, व्यवहारिक शिक्षामा जोड दिन समय समयमा विषय विशेषज्ञलाई ल्याइ कक्षा सञ्चालन गर्नुपर्ने, स्नातकोत्तर तहका विद्यार्थीहरुलाई अर्धशुल्क मिनाहा उपलब्ध गराउनुपर्ने, शौचालयमा पानी र साबुनको व्यवस्था गर्नुपर्ने, क्याम्पस परिसर भित्र फोहोर, झार नियन्त्रण गरी मूलगेट देखि क्याम्पस प्रशासन भवनसम्म टायल विछ्याई उपयुक्त लेन बनाउनुपर्ने क्याम्पसको परिसरमा रहेको शिक्षाकी देवी सरस्वतीको मन्दिरमा उपयुक्त मन्दिर, घण्टी र गजुरको व्यवस्था गर्नुपर्ने, अध्ययन र अध्यापनलाई प्रभावकारी बनाउन क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, व्यवस्थापन समितिका पदाधिकारीहरुद्वारा समय समयमा अनुगमन गर्नुपर्ने, प्रत्येक तलामा शुद्ध पानी पिउनका लागि जारको व्यवस्था गर्नुपर्ने, क्याम्पस प्रशासन भित्र विद्यार्थी, प्राध्यापक, कर्मचारी विच निकटम सम्बन्ध महशुस हुने वातावरण तयार गर्नुपर्ने, १३ रिफ्रेन्स हलमा एउटा कर्मचारीको व्यवस्था गरी पुस्तक पढ्ने वातावरण बनाउनुपर्ने, लगाएतका माग राखेका छन् ।