‘नियमित यौनसम्पर्क होस, अनिच्छुक गर्भ पनि नबसोस’

4121

बलराम प्यासी
काठमाडौं । पछिल्लो समय राजधानीमा किशोरी र युवतीको साथै पश्चिमी मुलुकमा झैं विवाह नगरी युवायुवती संगै बस्ने (लिभि¨ टुगेदर) का महिला यौनसाथी असुरक्षित गर्भ रोक्ने ७२ घण्टे चक्की (आइ—पिल) मा बढी निर्भर हुने गरेको पाइएको छ । उनीहरु चाहन्छन ‘नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस । ’
अनिच्छुक गर्भ रोक्ने एउटामात्रै चक्की (आइ—पिल) किशोरी र युवतीहरुबाट व्यापक दुरुपयोग हुुन थालेकोमा स्त्री तथा प्रसुतीरोग विशेषज्ञ चिकित्सक र प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका संस्थाले गुनासो गर्न थालेका छन् ।
असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने पटके चक्की पछिल्लो समयमा किशोरी र युवतीहरुले दुरुपयोग गर्न थालेका हुन । विवाहित महिलाहरु भने निकै कम मात्रामा सो चक्की प्रयोग गर्छन ।
‘पछिल्लो समयमा ७२ घण्टे चक्की (आइ—पिल)को व्यापक दुरुपयोग भएको पाइएको छ’—हाम्रो सहयात्री अस्पताल तथा वर्थि¨ सेण्टर जडीबुटीकी मेडिकल डाइरेक्टर एवम् वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.मेनु आचार्य भन्छिन ।
यो चक्की प्रयोग गर्नेमा अहिले स्कुल पढीरहेका किशोरी र कलेजका छात्राहरुमा बढी पाइएको छ, उनले भनीन् । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा सजिलै हेर्न पाइने अश्लिल चलचित्र (पोर्नाेग्राफि) का कारण जोसैजोसमा आफ्नो केटा या केटी साथीसंग असुरक्षित यौनसम्वन्ध राख्ने गरेको घटनामा वृद्धि भइरहेको छ ।
यस्तै हतार र असुरक्षित यौनसम्वन्धबाट बस्नसक्ने अनिच्छुक र अवैध गर्भ रोक्न एकै किशोरी÷युवतीले २ दिनभित्र ४ वटा सम्म आइपिल चक्की प्रयोग गरेको पाइएको डा.आचार्यले बताइन् । ‘एउटामात्रै खानुपर्ने चक्की एकै व्यक्तिले ४ वटासम्म चक्की खानु एकदमै हानीकारक हो’—डा.आचार्य भन्छीन ।
एकैपटक ४ वटासम्म खाँदा यसले औषधिको रुपमा नभई लागुऔषधको काम गर्ने भएकोले स्वास्थ्यकर्मी या चिकित्सकको परामर्शविना यो चक्की प्रयोग नगर्न पनि विशेषज्ञले किशोरी र युवतीहरुलाई डा.आचार्य सुझाव दिन्छीन ।
अस्थायी साधन कण्डमको प्रयोग नगरी असुरक्षित यौनसम्वन्ध राखेमा केटासाथीको वीर्य योनीमा प्रवेश गरेको शंका लागेमा ७२ घण्टाभित्र एउटामात्रै चक्की खाँदा महिनावारी नियमित मितिमै हुने डा.आचार्य बताउँछिन । भन्छिन—‘यसले पुरुषको शुक्रकीट र महिलाको डीम्वबीच मेल हुन दिँदैन र पाठेघरमा गर्भ बस्दैन, त्यसैले आत्तिनुपर्दैन । ’
तर किशोरी र युवतीहरु यसबारे नबुझेर महिनावारीको समयनै नआएतापनि सो चक्की खाएलगत्तै महिनावारी हुनैपर्ने मान्यता राख्ने कारणले गर्दा उनीहरु ३÷४ वटा चक्की खाने गरेको पाइएको हो ।
तत्कालै महिनावारीको अपेक्षा राख्ने त्यस्ता किशोरी र युवतीहरु महिनावारी नभएमा डरका कारण राजधानीमा छ्यास्छ्यास्ती खुलेका नीजि क्लिनीकमा गएर महंगो शुल्क तिरेर अवैध र असुरक्षित गर्भपतन गर्ने गरेको पनि पाइएको छ ।
आइपिलको दुरुपयोगले भविष्यमा विवाहपछि उनीहरुमा बाँझोपन हुने या बच्चा जन्मेपनि शारिरीक रुपमा अपा¨ जन्मिन सक्ने विशेषज्ञ बताउँछन् ।
यसैपनि विशेषज्ञको परामर्शविना परिवार नियोजनका अस्थायी या स्थायी साधनहरु प्रयोग गरिँदा गर्भधारण गर्ने उमेरका कुल महिलाको ५ देखि ७ प्रतिशत महिलामा बाँझोपन पाइएको नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखाका प्रवन्धक शरदकुमार अर्याल बताउँछन ।
आइपिल चक्की परिवार नियोजनको अस्थायी साधन निलोकन चक्की जस्तो नभएको र यसको दुरुपयोगले महिलाको प्रजनन हर्माेनमा प्रत्यक्ष असर गर्ने प्रवन्धक अर्याल बताउँछन् । ‘एउटा आइपिल चक्की भनेको ८ वटा निलोकन चक्की बराबर हो’ उनी भन्छन ।