बच्चालाइ स्मार्ट कसरी बनाउने – Purbeli News

335

अभिभावकहरु बच्चाको स्वास्थ्यप्रति सचेत नहुँदा यसको असर बालबालिकाको स्वास्थ्यमा त पर्छ नै अभिभावकहरुले पनि ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । त्यसैले बालबालिकाको स्वास्थ्यका लागि ससाना आनीबानी र अभ्यास गर्नुभयो भने तपाईले अस्पताल भौतारिनु पर्दैन ।

यो सचेतनाको सुरुआत गर्भवतीदेखि नै शुरु हुन्छ । बच्चा जन्मिसकेपछि त हरेक पलमा सधै सजग हुनुपर्दछ । बच्चा बोल्न सक्दैन । उसले आफूलाई कस्तो भइरहेको छ भन्न सक्दैन त्यसैले अभिभावकले नै उसको अवस्था हेरेर, उसको रुवाई, हेराई या मिजाजको अवलोकन गरी आवश्यक स्याहार गर्नुपर्दछ । तेल कतिखेर लगाउने, कहिले लिटो खुवाउने, कस्तो लिटो खुवाउने, दूध, पानीजस्ता कुरा के कसरी खुवाउने भन्ने बारेमा जानकारी लिनुपर्दछ । ६ महिनापुगेपछि खाद्य पदार्थ खुवाउने भएपनि कस्तो खाद्य पदार्थ खुवाउने विषयमा धेरै सचेतना आवश्यक पर्दछ । विस्कुट, चाउचाउ या अन्य खानेकुराको प्रभाव त्यति राम्रो हुँदैन । यसैगरी मौसम अनुसारको केयरमा पनि उत्तिकै ध्यान आवश्यक हुन्छ ।

जाडो मौसम भन्दा गर्मी मौसममा बालबच्चा भएका आमा बाबुका लागि निकै चुनौतिपूर्ण हुन्छ । लामखुट्टे, उडुस, उपिया, भुसुना, सांला तथा तराई तिर सर्पलगायतका किराकिरीको टोकाईबाट कसरी बचाउने भन्ने डर एकातिर हुन्छ भने अर्को तिर सरसफाईमा पनि उतिकै ध्यान दिनु पर्ने हुन्छ । हावाहुरी, सुख्खा मौसम, प्रदुषित वातावरणका कारण खानपानमा तथा सरसफाईमा थोरै लापवार्ही हुने बित्तिकै बच्चालाई पखाला लाग्ने, टाउको दुख्ने, शरिरमा डाबर आउने, बान्ता हुने, जन्डिस हुने, खाना नरुच्ने, आँखा पाक्नेजस्ता संक्रमण देखिन्छन् ।

यो समयमा सरसफाईमा बिशेष ध्यान दिनु पर्छ । र बच्चाको खानपिनको तालिका पनि परिवर्तन गर्नु पर्छ । बच्चालाई जाडो मौसममा जस्तो खाना पटक पटक खुवाउनु पनि हुँदैन् र खानाको मात्रा पनि अलिकति कम गर्नु पर्छ । सकेसम्म बासी खाना खुवाउनु हुँदैन् । सुख्खा मौसम भएको हुँनाले पानीको मात्रा बढाउनु पर्छ । पानी सधै उमालेको पानी मात्र दिनु पर्छ । कम्तीमा हप्ताको दुई पटक बच्चालाई नुहाउनु पर्छ ।

हाम्रो जस्तो स्वास्थ्य सचेतना पर्याप्त नभएको समाजमा स्वस्थ्य मालसामान कमै पाइन्छन् । आजभोली बजारमा प्रायः जसो तरकारी तथा फलफूल औषधी हालेको हुनाले सकेसम्म कम औषधी हालेका सागपात, तरकारी र फलफूल छानेर किन्नु पर्छ । त्यस्ता तरकारी तथा फलफूल देख्दा आक्रर्षक नहुन सक्छन् तर बच्चा र हाम्रो स्वस्थ्यलाई हानी पुर्याउदैनन् । बजारबाट ल्याएका सामान जस्तै साग, तरकारी, फलफूल राम्रो सित पखाल्नु पर्छ । बच्चालाई दिदा सकेसम्म तातो पानीले पखालेर दिनु पर्छ । यसरी सफा गरेर खाँदा औषधी पखालिन्छ ।

गर्मी मौसममा माछा मासुको आइटम ल्याउदा र खादा पनि विशेष ध्यान दिनु पर्छ । सकेसम्म ताजा, सफा ठाउँबाट ल्याउनु पर्छ । गर्मी मौसममा माछा मासु कम खाने बानी बसाल्नु राम्रो हुन्छ । मासु पकाउँदा सकेसम्म उसिनेर, उसिन्न सम्भव नभए तातो पानीले राम्रो सित पखालेर मात्रै पकाउनु पर्छ ।

हाम्रो घर, आँगन, बाथरुम सफा राख्ने, सफा पानी पिउने, सरसफाईमा विशेष ध्यान दिने र खानपानको तालिका मौसम अनुसार थोरै मात्र परिवर्तन गर्न सक्यौं भने माहीले हाम्रा बालबच्चा र हाम्रो स्वस्थ्य धेरै हद सम्म हामी सुरक्षित हुन्छौं । महंगा अस्पतालमा खर्च गर्ने पैसा हामीले बालबच्चाको पढाईमा, हाम्रो करियर विकासमा, फलफूलमा र अन्य सामाजिक कार्यमा लगाउन सक्छौं । हाम्रो स्वस्थ्य धेरै हद सम्स हाम्रै हातमा हुन्छ । यसका लागि धेरै ठूलो पहाड फोर्नु पनि पर्दैन र धेरै पैसा लगानी पनि गर्नु पर्दैन, बास थोरै सचेत हुने र संम्यमता अपनाए मात्रै पुग्छ

Purbeli TV

Source link