कथा “मूल्यांकन”

495

!मुना बस्नेत!

“मानबहादुर सार्की” जो परिवर्तनका लागि तत्कालिन समयमा युद्धरत र संघर्षरत जीवनमा बाधिएका क्रान्तिकारी योद्धा थिए ।

जसले बुझेर होस् वा नवुझेर तत्कालिन समयमा क्रान्तिकारी योद्धा वनि युद्धरत र संघर्षरत जीवनमा बाधिएको आज १२ वर्ष वित्न लागिसकेको रहेछ विना पत्तो ।

संघर्षरत जीवनमा होमिएको १२ वर्षको यस क्षणमा ऊ अनायसै १२ वर्ष अघिका ती सम्झनाका सम्झनाहरुलाई अचानक सम्झन पुग्छ ।

१२ वर्ष अघिका ती खेलेका गाउँका माटाका ढिस्काहरु खोलाका वगरहरु साथिभाई वीचको प्रेम अनि कहिले काहीँ त्यो पान, मसला अनि हडी कट्टीका क्रियाकलाप सम्झन पुग्छ । त्यो बरको रुख अनि रुखैको पूर्वपटिको केहि मिटर पर अवस्थित त्यो माटोको दुई तल्ले घर जसमा खहरको लामा लामा वुटाले छाइएको छाना, आगंनमा रक्सिको बोटलसँगै लडिरहेको सार्की बुढा ।

बोटलको केही मिटर परको त्यो मटान र त्यसैको छेवैमा गोठमा वस्तुभाउ थिएनन् । मानवहादुरको हजुरवुवाको अवशेषका रुपमा आगंनमा लडिरहेका सार्की वुढामात्र थिए भने बाँकी माटोका दुइ तल्ले घर, त्यो आगंन अनि त्यो मटान र त्यसैको छेवैमा रहेको गोठ सबै जमिनदारको बन्धकीमा परेर अन्तिम लिलामीको अवस्थामा पुगिसकेको थियो ।

वालअधिकारको भाषण सुनेको तर आफ्नो छ वर्षे भाइले खोला वगरमा वसि ढङ्गा फोडिरहेको त्यो अवस्था, वेलुकी पख घर फर्कदा हातमा ३ रुपैयाँको आमदानी प्रति तिन १.५ रुपैयाँ सम्झन पुग्छ । स्कुलका भित्ता वाल अधिकारको नारा सहित कुनै पनि वालवालिका शिक्षाको उज्यालो घामवाट वञ्चित हुनुनपरोस् भनेर घरआगंन पाटी पधेरामा लेखिएका नारा अनि नाराकै वीचमा विहानै हुन नपाउँदै साहुको घरमा काम गर्न गएकी उसकी १० वर्षे वहिनी मनिषा ।

पर्मका लागि ओहो रात धाउने सिन्दुर अनि पोतेको मात्र सिउँदोमा अनि गलामा लगाएकि उसको आमाको त्यो गहकिलो जिम्मेवारी अनि जसका लागि आमाले लगाएको त्यो सिन्दुर अनि पोते यानिकी मानवहादुर सार्किको बुवा सार्की बुढा जिउँदै मरेतुल्य भएका हुन्थे, जाडरक्सी अनि जुवातासमा २४सै घण्टा लिप्त भएर गहकिलो जिम्मेवारी बोकेका श्रीमती, छोरा अनि छोरीलाई मरेतुल्ले हुने गरी पिट्ने गरिएको त्यो हरेक जसो कालो रात सम्झन पुग्छ रात यसैमा डरलाग्दो हुन्छ त्यही माथि उसको घरमा जडिया वुढाले सिर्जना गरिदिएको त्यो कालो रात अनि त्यो कालो रातमा उसको वुवा यानिकी सार्की वुढाको ताण्डव नृत्यले उसको घरको शान्तिलाई सम्झन पनि दिलाउँदै थियो ।

एकातिर रात कहिल्यै नआओस् भनि हरेक जसो प्राथानामा लिप्त हुने उसको परिवारको त्यो वेदनामय स्थुति भने अर्कातिर दिनमा समाजले आर्थिक, भौतिक अनि सामाजिक मानमर्यादबाट लखिटिएको, जातिवादि समाजले जरा गाडिएर वसिरहेको त्यो अवस्थामा मानिसले मानिसलाई गर्ने व्यवहार अनि पानि नचल्ने जातको परिवारले परिचित त्यो सार्की परिवारको वेदना ।

बिहान सबेरै कामका लागि जिम्मेवारी बोझ काँधमा वोकेर वाटामा हिँड्दा तत्कालिन समयमा समाजका ठूला र उच्चकोटीका जात भनाउँदाहरुले थुक्क सार्की यति विहानै मरिस् मेरो बाटोे काट्नु पर्ने भन्दै अमानविय व्यवहारको हरेक जस्तो दिनमा सामना गर्नुपर्ने ती परिवारका सदस्यलाई, दिन दिननै समाजिक तिरस्कार अनि बहिस्कारको कालो दिन हुने गरेको र रात परेपछि वुवाको ताण्डव नृत्यले कालो रात हुने गरेको तत्कालिन समय र उसका त्यतिबेलाको बोझिलो काधँ र जिम्मेवारी, घरको जेठो छोरो, जीवित बाबुको ताल सास भएको लास स्वसर दिनमा अनि रातमा होस् गुमाएका रक्षस जस्तो ।

यस्तो बोझिलो काँधका साथ समाजका सामाजिक रिती अनि थिती र होस् गुमाएका आफ्ना बाबसँगको त्यो लडाइँले दिनप्रति दिन उसलाई चिन्तिन बनाएको र थप जिम्मेवारी बोध गरिएको तत्कालिन समय आम उ सम्झिदै छ । ठीक त्यसै बेला गाउँमा क्रान्तिले गाउँका हरेक घरदैलोमा गुञ्जन थाल्दछ ।
सोचेको थियो पानी नचल्ने जात, सामाजिक रुपले बहिस्कार गरिएको, आर्थिक रुपले नाजुक रहेको उसको परिवारको घरको दैलोमा पटक्कै यो क्रान्तिको गुन्जनबाट पनि तिरस्कृत हुन्थ्यो भनेर तर त्यसो भएन त्यो क्रान्तिले उसको घरको दैलोलाई तिरस्कृत गर्न सकेन । बरु सबैभन्दा सुरुमा उसैको घरमा गुञ्जिन थाल्यो । जीवनमा ती कलिला हातले कहिल्यै पनि सुन्दर दृश्यहरु देख्न नपाएको त्यस परिवेशमा देशभक्ति, विकास अनि समानताको उज्यालो प्रकाशको प्रतिबिम्ब देख्नु थालियो त्यो क्रान्तिमा ।
समानता, हकहितका भाषणले गाउँ अनि डाँडाकाँडाहरु दिनौं जस्तो थर्किन थाल्यो भने सभ्य र शिष्ट समाज, स्वाभिमान र स्वाभिमानी, देशभक्ति र देशविकासको नाराले त्यतिबेला गाउँका घरका भित्ता भित्ताहरु पोतिन थालिए ।
यि सबै यथार्थ हो कि आडम्बर त्यो तत्कालिन समयमा उसले छुट्याउन सकिरहेको थिएन भने त्यतिबेला आफ्नो सम्पूर्ण परिवारको बोझ उही जड्याह बाबु, रोगी आमा अनि ती कलिला भाइ बहिनीहरुलाई गाउँमा थुपारेर समानता, देशभक्ति, देशबिकास अनि समाजवादको नारा लिइ देश र जनताको लागि भन्दै देश र जनतको स्वार्थको नाराबाजी लगाउँदा लगाउँदै १२ बर्ष वितिसकेको रहेछ बिना पत्तो । त्यो कलिलो १५ बर्षको काँधमा बन्दुक बोकी सम्पूर्ण पारिवारिक माया अनि जिम्मेवारीलाई मात्र आँसुका ढिकामा सिमित राखी अनि निधारमा लाल पट्टि भिरी क्रान्तिमा होमिएको पनि १२ बर्ष बितिसकेको रहेछ बिना पत्तो मान बहादुर सार्कीको ।
जुन अवधिमा मानबहादुर सार्कीलाई कयौं पटक आफ्नो परिवारको याद आउने गथ्र्यो भने क्षणभरमा ती यादहरु बिलाएर जान्थ्यो ।
वाध्यताबस ती सम्पूर्ण कुराहरु विलाएर जान्थ्यो । आज १२ बर्षको लामो युद्धरत समयको विराम भएको बखत यानिक युद्ध बिरामको घोषणाको दिन ती अतित याद केलाई केलाई आफूले (मानबहादुरले) १२ बर्ष अघि राजेको बाटोको मूल्यांकन गर्दैछ ।
तत्कालिन समयको उसको त्यो निर्णय गलत थियो या सही ? यि र यस्तो कुराको भित्र मनमा मूल्यांकन गर्दै आज उ युद्धपछि (१२ बर्षपछि) घरको लागि प्रस्थान गर्दैछ उही रामेछाप जिल्लाको फूलासी–७ मा ।
सम्झदै छ विगत १२ बर्षको त्यो युद्धरत अवधिभर उसले कयौंको ज्यान लियो, कयौंको घरबार उठिबास लगायो भने कयौं देशका पहरेदार अनि शिक्षकको ज्यान लियो, कयौंलाई लुला लंगडा अनि साहरा बिन बनाइयो यि कुरालाई मूल्यांकन गर्दै र सकभर अतितलाई बिर्सिदै आज युद्ध बिरामको अवसर पारेर घरतर्फ प्रस्थान हुँदैछ । पारिवारिक मिलनका लागि ऊ आतुर भएको छ ।
उसमा खुसीको लहरले संगीतमय बनाइरहेको थियो । १२ बर्षपछिको पारिवारिक भेट त्यो मिलन अनि त्यो अवस्थाले कति परिवर्तनको आवास दिलाउने छ होला भन्दै ती नै कुराहरुलाई सम्झदै आँखाबाट रसाएका केही थोपा आँसुका ढिका जसलाई युद्धरत समयमा निधारमा भिरिएको त्यो रातो कपडा आफ्नो गोजीबाट झिकी ऊ ति आँसुका ढिक्कालाई रोक्ने कार्य गर्दथ्यो ।
पारिवारिक मिलनका लागि अनगिन्ती परिवर्तन अपेक्षा गरेको उसले बाटोमा खासै परिवर्तनका पालुवाहरु केही पाउन सकेन । त्यो बाटोको उत्तर पट्टिको पिपल र बरको बोट अनि तमाङनी आमाको पसल जुन केहि परिवर्तन भएको देखिदैनथ्यो । तर केहि दिन पछि उसका आँखाले परिवर्तनका दृश्यहरुलाई अवश्य देख्यो । कमेरा र राता माटाले चिटिक्क लिपिएर रङ्गाइएका घरका भित्ताहरु आज क्रान्तिका नारा अनि सिद्धान्तका ऐना बन्नु पुगेछन् । त्यत्तिबेला कुनै बैठक होस् या सेमिनार गर्नको लागि बनाइएको त्यो सभा भवन आज युद्धको पात्र बनि अवसेसमा मात्र सिमित हुन पुगेको रहेछ ।
कुनैबेला दुई गाउँको मित्रता गास्ने त्यो मितेरी पुल अनि नेपाल टेलिकमको टावर आज खरानी बनी उडिरहेको दृश्य उसका आँखाले अवलोकन गराइरहेको थियो । गाउँलेहरुलाई सानातिना रोग लाग्दा उपचार गरी केही सिटामोल उपलब्ध गराउने त्यो फूलासी स्वास्थ्य चौकी आज युद्धरत समयको पात्र बनी आफूलाई नङ्गबस्त्र पारिराखेको थियो । कुनै बेला नयाँ मान्छेको आगमनले गाउँमा हर्षाेल्लासका साथ सत्कारमा तयार हुने ती गाउँलेहरु आज कोही नयाँ मान्छे देख्यो कि लुक्न अनि आफ्ना घरका झ्याल ढोका लगाउन थाल्छन् ।
कुनैबेला नयाँ मान्छेको आगमनले बाबु, नानी भनेर बोलाउँदै सम्बोधन गर्ने गाउँलेहरु आज आफ्नै सन्तानबाट पनि तर्सिन थालेका छन् । गाउँ गाउँ नभएर पुरै मसानघाट जस्तो देखिन्थ्यो भने गाउँलेहरु मसानघाटमा केही नबोली खरानीको राप ताप्ने मानिस जस्ता । साथै अर्को परिवर्तन दुःख अनि सुख पनि ।
२ बर्ष अगाडि बाबुको मृत्यु र बहिनीको बिवाह १५ दिन अघि भएछ । तामाङनी आमा(साहुनी) बाट जानकारी पायो ।
यि दुबैसमयमा उसको अस्तित्व जंगली थियो । क्रान्तिकारी योद्धा । भूमिगत रुपमा । मनमा सार्की बुढाको माया अनि खिन्न मन लिएर उ घरतर्फको उकाले लम्कियो । जतिजति घर नजिकिँदै थियो त्यति त्यति मुटुको गति बढिरहेको थियो । उसको मनमा एकतर्फ भयले डेरा जमाएको थियो भने अर्कोतर्फ खुसीले प्रफुलित पनि थियो लामो यानिकी १२ बर्षको अवधिपछि घर पुग्ने आशमा । उ चाहन्थ्यो घरमा उसको आगमनले हर्ष र उल्लास आओस् । उसको आगमनले परिवारमा खुसीको लहर छाओस् तर त्यस्तो भएन ।
उसको कल्पना भन्दा ठीक उल्टो हुन गयो । त्यहाँ उसले सोचेको जस्तो केही भएन । उसको घरको आँगनमा गाउँका सारा मानिसहरु जम्मा भएका थिए । सबैको अनुहारमा सन्नाटा छाएको थियो भने भेला भएका गाउँका आइमाई अधिकांशले आफ्ना दाँतले आफूले ओडेको खास्टो टोक्दै मुकदर्शक भएर एकोहोरो उसको घरका चारै तिर निहालिरहेका थिए । जुन दृश्यलाई समात्नका लागि मानबहादुर मनमा हजारौं डरका डेरा जमाउँदै आफ्नो घरको आगनतर्फ लम्कन्छ ।
उसले आँगनमा पिताम्बरले बेरिएको एउटा लास देख्यो । लासका वरिपरि नेपाल प्रहरीका जवान, अनि पिडिमा बलिन्धारा आँसु खसालेर पागल सरी रुँदै गरेको उसकी आमा अनि छेउमै आफू पनि आँसुका ढिका चुहाँउदै आमालाई सम्झाउँदै अनि आफू पनि रुँदै गरेको उसको भाइ ।
एकातर्फ उसका लागि यि दृश्य सपना सरी भएको थियो भने अर्कोतर्फ उसको घरको कुना काप्चाबाट गुञ्जिरहेको रोदनको आवाजले उसको कानमा सन्नाटा छाएको थियो । आमाका आँखाबाट निक्लिएका आँसु अनि भाइ रुदै गरेको दृस्यलाई देखेर आफू पनि रुन खोज्दै थियो तर उसले आफ्ना आँखाबाट खस्न लागेका ती आँसुका ढिकालाई पिउँदछ । तर उसको कानमा गुञ्जिएको, घरको कुनाबाट निक्लिएको रोदनको आवाजले उसलाई उक्त रोदनको परिचयको माग गरिरहेको थियो । अन्तत रोदनको परिचय पाउन ऊ घरको कुनामा पुग्दछ । बिना चुरा र सिन्दुर सेतो बस्त्रले बेरिएकी उसकी एक्ली मायालु बहिनीको जिउँदो लास पाएपछि आफ्नी बहिनीको पीडामा उसको पनि आँखाबाट अनायसै दुई थोपा आसु झ¥यो । मात्र त्यो भीड अनि त्यो रोदनको परिचय पायो ।

पिताम्बरले ओडाएर राखिएको त्यो आँगनको लमतन्न लास अरु कोहीको नभएर उही बहिनीको श्रीमान यानिकी १५ दिन अगाडि विवाह भएको उसको ज्वाईको थियो । मनभरि पीडा लिएर आफ्नो सहित परिवारको पीडा बोकेर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नका लागि मानबहादुर सार्की ज्वाईको लासतर्फ लम्कियो । पिताम्बरले ओडाएको त्यो लासलाई पिताम्बर उघारी लासलाई अलिकति चिहाउन खोज्यो तब ऊ छाँगाबाट खसेजस्तो भयो । उसका सम्पूर्ण पाटपुर्जा ठप्प हुन पुगे, उसको मुटुको गति नै ठप्प भए जस्तो भयो । केही क्षणपछि मात्र ऊ सोच्न सक्ने भयो । सम्झन सक्ने भयो, जसलाई त्यही कुरा सम्झन वाध्य तुल्यायो । हो एक दिन अगाडिको कुरा सम्झन वाध्य भयो । मात्र एकदिन अगाडि युद्धविराम त्यो दिन सम्झदा त्यो लास अरु कोहीको थिएन । एउटा सानो पुलिसचौकीको एउटा बन्दुक बोकेर अभिएको एउटा देशभक्त सिपाहीको लास थियो त्यो । जसलाई आत्मसमर्पणका गर्नका लागि मानबहादुरले भनिरहेको थियो तर त्यो सिपाहीले मानिरहेको थिएन ।
अन्ततः मानबहादुर सार्कीले त्यो सिपाहीलाई निर्ममतापूर्वक मारेको थियो ।
लासको वरिपरि उभिएका प्रहरी जवान मध्यका एक जवानले मानबहादुरलाई चिनिहाल्यो अनि सर उहाँ को हो तपाईको ? यो लमतन्न लास को पर्छ तपाईको र किन हिजो जिउँदो छदाँ यिनको टाउकोमा र छातीमा गोली हान्दा तपाईँका नरसाइएका आँखा किन आज रसाइरहेका छन् भनी प्रश्न गरिरहेको थियो । जवान प्रहरीको प्रश्नको उत्तर उ दिन सकिरहेको थिएन ।

फेरि सर सम्झिनुस त त्यो हिजो रात ८ः३० बजेको समय त्यो प्रहरी चौकीमा तपाईंद्वारा नै मारिएको प्रहरी जवानको लास हो यो राम्रोसँग हेर्नु त ? प्रहरी जवानले भनेका शब्दले मानबहादुरकी आमाको कानमा बास पाउँछ र बलिन्धारा आँसु खसालिएर रोइरहेकी उसको आमाले त्यो शब्दको मेघध्वनीका कारण त्यही प्राण त्याग गर्छिन् ।
अब आँगनमा दुईवटा लास लमतन्न थियो, एउटा पिताम्बर ओढाएको मानबहादुरको ज्वाईंको लाम भने अर्को पिताम्बर ओढाउन बाँकी तर प्राण त्यागीसकेको उसको आमाको लास । घरको कुनमा रहेको उसको बहिनीको जिउँदो लास ।

मूल्यांकन तपाईँको हातमा के उसले अंगालेको बाटो सहि थियो या गलत ?