प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक

2383

काठमाडौँ ।नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिकउपचार मोवाइल एप्लिकेशन आज वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।
“घर–घरमा प्राथमिक उपचारक”भन्ने महा अभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान सीपलाई विश्वभर रहेका नेपाली भाषीहरूको घर–घरमा पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेशन तयार गरिएको हो ।
आफ्नो फेसवुक पेजमार्फत् एप्लिकेशन सेयर गरेर शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले भन्नुभयोः “समयअनुसार प्रविधिको माध्यमबाट प्राथमिक उपचारका विषयमा जानकारी प्रस्तुत गरेर मानवीय क्षतिकम गराउन गरेको कार्य प्रशंसनीयछ ।” उहाँले रेडक्रसले कुनै पनि विपद्का समयमा घटना स्थलमै आकस्मिक सेवादिने गरेको पनि बताउनुभयो ।
अर्का प्रमुख अतिथि हरिवंश आचार्यले मानवीय सेवाक्षेत्रमा रेडक्रसले उदाहरणीय कार्य गरिरहेको बताउनुभयो । अहिले प्राथमिक उपचार जस्तो विषयलाई मोबाइल मार्फत् सबैको साथमा पुर्याउनाले विपद्मा परेका मानिसले धेरै छटपटाउनु नपर्ने भएको छ । रेडक्रस अभियानको अर्काे महत्वपूर्ण कार्य प्राथमिक उपचार मोबाइल एप्लिकेशन भएको आचार्यले बताउनुभयो ।
जन आन्दोलन होस् वाविपद् जुनसुकै बेला घाइते वाविरामीले औषधी उपचार नपाउने बेला सम्म प्राथमिक उपचारमा तालिम प्राप्त स्वयंसेवकहरु पुग्ने गरेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताउनुभयो । जहाँ घटना हुन्छ त्यहाँ तत्कालै प्राथमिक उपचार सेवा पुर्याउन सकिने मोबाइल एप्स बन्नु अत्यन्तै खुशीको कुरा भएको भन्दै थापाले एप्सले मानव जीवन बचाउने कार्यमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा अतिथितथा अन्य महानुभावहरुलाई स्वागतगर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले यो एप्लिकेशन आकस्मिक अवस्थामा जीवन बचाउन तथा प्राथमिक उपचार सीपकालागि अत्यन्त उपयोगीहुने बताउनुभयो ।
अमेरिकन रेडक्रसका नेपाल प्रतिनिधि लिला मुलुकुलाले नेपालमा अहिले सबैको हातहातमा स्मार्ट फोन भएकाले सबैले यो एप्लिकेशन डाउनलोड गरी यसमा भएका ज्ञान र सीपबाट फाइदालिन सक्नुहुन्छ ।
यो एप्लिकेशनलाई पाँच क्षेत्रमा विभाजन गरिएको छ ।
पहिलो क्षेत्र सिक्नुहोसःएलर्जी÷एनाफिलाक्सिस् सक्,दमको असर, रक्तस्राव, हाँड भाँचिएको, पोलाइ, मधुमेहको समस्या, अड्कनु, डिस्टे«स÷तनाव, हृदघात, गर्मीको थकान, टाउकाको चोट, कठयाङ्गग्रिनु÷हाइपोथर्मिया, विषय तथा हानिकारक पर्दाथ, कम्पन÷छारेरोग, क्षोभ, मेनिन्जाइटिस, मनावैज्ञानिक प्राथमिक उपचार, डसेको टोकेको घाउ, मर्कनु÷खुस्कनु, मस्तिष्सघात÷स्ट्रोक बेहोस तथा सास फेरिरहेको र बहोस तर सास नफेरिरहेको २२ वटा विषयहरू रहेको छ ।
दोस्रो क्षेत्रःतयारीगर्ने विपद्को बेला आकस्मिक तयारी अन्त्तर्गत रासायनिक संकट, सुख्खापन, भूकम्प, आपतकालिन बाकस, दैनिक संकट, आगलागि, बाढी, फलु माहामारी, खाध्य सुरक्षा, तातो हावा, सामुन्द्रिक आँधी÷तुफान, पहिरो, विधुतीय अबरोध, घरपालुवा तयारी, आँधी, सुनामी, ज्वालामुखी, जल सुरक्षा, डढेलो, जाडो मौसम (गम्भीर) गरी २० वटा विषयहरू रहेको छ ।
तेस्रो क्षेत्र तत्काल आपत्तकालिन प्राथमिक उपचारःएलर्जी एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव जस्ता २२ वटाहरू रहेको छ ।
चौथो क्षेत्रमा परिक्षाहरूः रहेको छ जसमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धी विषयमा स्वयम मूल्याङ्कन गरिने विषयहरू रहेको छ ।
पाँचौ अधिकःक्षेत्र रहेको छ जसमा विदेशमा भएको बेला आकस्मिक अवस्था पस्यो भने के गर्ने, नेपाल रेडक्रस बारेमा, नेपाल रेडक्रसलाई डानेसन तथा चन्दादिन, प्राथमिकउपचार प्रशिक्षणबारे, रक्तदानबारे, सफलता तथा अनुभवहरूको कथा सुनाउने, स्वयम सेवाबारेमा, एप्लिकेशनलाई आदान प्रदानगर्ने र नेपाल रेडक्रसको वेभ साइडमा सम्पर्क गर्ने विषयहरु समाबेश गरिएको छ ।