महाभारतको युद्धमा गरिएको थियो आणविक बम विस्फोट

2281

काठमाडौं — उत्तर कोरिया र अमेरिकाबीच तनाव चर्किंदै जाँदा आणविक हतियार प्रयोगको आशंका पनि प्रबल हुँदै गइरहेको छ । आणविक बमको प्रयोग महाभारतको युद्धमै भएको तथ्य पनि भेटिन्छ ।

आणविक बमका पिता मानिने अमेरिकी वैज्ञानिक रोबर्ट ओपेनहाईमरले गीता र महाभारतको सूक्ष्म अध्ययन गरेर त्यहाँ उल्लेखित ब्रह्मास्त्रको क्षमतामाथि अनुसन्धान गरेका थिए । आफ्नो मिसनलाई उनले ट्रिनटी अर्थात् त्रिदेव नाम दिएका थिए ।

रोबर्ट ओपेनहाईमर र उनको टोलीले दोस्रो विश्वयुद्धताका आणविक बममाथि अनुसन्धान गरेका थिए । गोप्य द म्यानह्याटन प्रोजेक्ट अन्तर्गत उनीहरूले अनुसन्धान गरेका हुन् ।

भारतीय वैज्ञानिक तथा लेखक विष्णु वर्तकले पनि पछि अनुसन्धान गरेर महाभारतको युद्धमा प्रयोग भएको ब्रह्मास्त्र आणविक बम जस्तै भएको पत्ता लगएका थिए । उनको पुस्तक स्वयम्भूमा यसको उल्लेख भेटिन्छ ।

महाभारतको युद्ध जम्मा १८ दिन चलेको थियो र यसमा लाखौं मानिस मरेका थिए । आणविक बमले नै मानिसहरूलाई सोत्तर पार्न सम्भव रहेको ओपेनहाईमर र वर्तकको निष्कर्ष छ ।

सिन्धुघाटी सभ्यता अर्थात् मोहनजोदाडो र हडप्पामा भएको अनुसन्धानमा भेटिएका नरकंकालको स्थितिबाट पनि आणविक बम प्रयोग भएको देखिन्छ । भयंकर ऊष्मा र रेडिएसनहरू आणविक बमबाटै निस्कने हुन् र कंकालहरूमा त्यसको अवशेष भेटिएको हो ।

प्राचीन भारतवर्षमा धेरै ठाउँमा ब्रह्मास्त्रको प्रयोग गरिएको उल्लेख पाइन्छ । रामायणमा पनि मेघनादविरुद्ध लक्ष्मणले ब्रह्मास्त्र प्रयोग गर्न खोज्दा श्रीरामले रोकेको उल्लेख छ । यसको प्रयोगले लंका पूरै ध्वस्त हुने भन्दै उहाँले रोक्नुभएको थियो ।

महर्षि वेदव्यासले महाभारतमा लेख्नुभएअनुसार, ब्रह्मास्त्र प्रयोग भएको ठाउँमा १२ वर्षसम्म जीवजन्तु र रुखविरुवा उत्पन्न हुँदैनन् । महाभारतमा ब्रह्मास्त्रका कारण गाउँले महिलाहरूको गर्भ तुहिएको उल्लेख छ ।

दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमामा आणविक बम प्रहार भएपछि निस्किएको रेडिएसनका कारण १२ वर्षसम्म अकाल परेको थियो ।lokantar

एजेन्सी