मानवीय सेवाका लागि साझेदार बैठक शुरु

402

नेपाल रेडक्रस सोसाइटी, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संयुक्त आयोजनामा योजना तथा साझेदार बैठक आज काठमाडौंमा शुरु भएको छ ।
दुई दिनसम्म चल्ने सो बैठक मानवीय सेवाको वर्तमान विश्वव्यापी अवस्था विश्लेषण, मानवीय सेवा प्रदान गर्न मुलुकको अवस्थालगायत नेपालमा रेडक्रसका गतिविधिहरु सुदृढीकरण गर्न साझेदारहरुको भूमिका जस्ता विषयमा केन्द्रीत हुनेछ ।
बैठकको शुभारम्भमा बोल्दै नेपाल सरकार संङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले नेपाल रेडक्रस सोसाइटीलेसमुदायको संकटसन्नता कम गरी मानवीय सेवाका क्षेत्रमा सरकारलाईसहयोग पुर्याइरहेको बताउनुभयो । उहाँले रेडक्रसले सञ्चालन गरेका मानवीय सेवाका गतिविधिहरुबाट ‘समृद्ध नेपाल,खुशी नेपाली’भन्ने नेपाल सरकारको नारालाई सार्थकता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उत्थानशील समुदायको निर्माणमा रेडक्रस क्रियाशील रहेको बताउँदै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले रेडक्रस अभियानले दुई वर्षको अवधिमागरेका गतिविधिहरुको समिक्षा गर्दै भावी कार्ययोजना तयार गर्नका लागि साझेदार बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाल रेडक्रसका विपद् प्रतिकार्य, एम्बुलेन्स र रक्तसञ्चार जस्ता आकस्मिक लगायत विकासमुलकगतिविधिहरुलाई अझ प्रभावकारी र सहज बनाउन साझेदार बैठकबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रसबाट सञ्चालन भइरहेका गतिविधिहरु, देशको अवस्था र सरकारको प्राथमिकतासँग मेल खाने खालका रहेको बताउनुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको एशिया प्रशान्त क्षेत्रीय कार्यालयका उपनिर्देशक मार्टिन फ्यालर ९ःबचतष्ल ँबििभच ०ले साझेदार बैठकमा आदानप्रदान गरिने ज्ञान र अनुभवहरुले रेडक्रसको नेतृत्व र साझेदारीमा निखारता ल्याउने बताउनुभयो ।
नेपालका लागि संयुक्त राष्ट्रसंघका संयोजक भ्यालरी जुलियण्ड९ख्बभिचष्भ व्गििष्बलम० ले भन्नुभयो, ‘नेपाल रेडक्रस सोसाइटीले गरिरहेको संयोजनकारी भूमिकाले रेडक्रस एउटा विश्वसनीय साझेदार हो भन्ने कुरा देखाउँछ ।’ उहाँले मानवीय सेवामा खटिरहेका स्वयंसेवकहरु नै रेडक्रसका शक्ति हुन् भन्नुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का नेपाल प्रमुख अन्द्रे पके९ब्लमचभ एयत्रगभत० ले नेपाल रेडक्रसको कानुनी आधारलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकको दोस्रो सत्रमा सम्पन्न प्यानल छलफलमा नेपालको हालको मानवीय अवस्था, कार्यगत चुनौती र अवसरहरुका बारेमा गहन विश्लेषण र समिक्षा गरिएको छ ।
प्यानल छलफलमा क्यानेडियन रेडक्रसका म्याक डोनाल्ड, आईसीएमएसका डा. राम थपलिया, मिडिया एक्शनका लक्ष्मण दत्त पन्त लगायत विज्ञ र रेडक्रसका अभियानका प्रतिनिधिहरुले योगदान पुर्याउनुभएको थियो ।
वैठकमा विभिन्न १८ देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका प्रतिनिधि, विज्ञहरु र रेडक्रस अभियानका अंगहरुका प्रतिनिधि गरी ७१ जनाको सहभागिता रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संयुक्त आयोजनामा योजना तथा साझेदार बैठक आज काठमाडौंमा शुरु भएको छ ।
दुई दिनसम्म चल्ने सो बैठक मानवीय सेवाको वर्तमान विश्वव्यापी अवस्था विश्लेषण, मानवीय सेवा प्रदान गर्न मुलुकको अवस्थालगायत नेपालमा रेडक्रसका गतिविधिहरु सुदृढीकरण गर्न साझेदारहरुको भूमिका जस्ता विषयमा केन्द्रीत हुनेछ ।
बैठकको शुभारम्भमा बोल्दै नेपाल सरकार संङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले नेपाल रेडक्रस सोसाइटीले समुदायको संकटसन्नता कम गरी मानवीय सेवाका क्षेत्रमा सरकारलाई सहयोग पुर्याइरहेको बताउनुभयो । उहाँले रेडक्रसले सञ्चालन गरेका मानवीय सेवाका गतिविधिहरुबाट ‘समृद्ध नेपाल, खुशी नेपाली’ भन्ने नेपाल सरकारको नारालाई सार्थकता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उत्थानशील समुदायको निर्माणमा रेडक्रस क्रियाशील रहेको बताउँदै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले रेडक्रस अभियानले दुई वर्षको अवधिमा गरेका गतिविधिहरुको समिक्षा गर्दै भावी कार्ययोजना तयार गर्नका लागि साझेदार बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाल रेडक्रसका विपद् प्रतिकार्य, एम्बुलेन्स र रक्तसञ्चार जस्ता आकस्मिक लगायत विकासमुलक गतिविधिहरुलाई अझ प्रभावकारी र सहज बनाउन साझेदार बैठकबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रसबाट सञ्चालन भइरहेका गतिविधिहरु, देशको अवस्था र सरकारको प्राथमिकतासँग मेल खाने खालका रहेको बताउनुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको एशिया प्रशान्त क्षेत्रीय कार्यालयका उपनिर्देशक मार्टिन फ्यालर ९ःबचतष्ल ँबििभच ० ले साझेदार बैठकमा आदानप्रदान गरिने ज्ञान र अनुभवहरुले रेडक्रसको नेतृत्व र साझेदारीमा निखारता ल्याउने बताउनुभयो ।
नेपालका लागि संयुक्त राष्ट्रसंघका संयोजक भ्यालरी जुलियण्ड ९ख्बभिचष्भ व्गििष्बलम० ले भन्नुभयो, ‘नेपाल रेडक्रस सोसाइटीले गरिरहेको संयोजनकारी भूमिकाले रेडक्रस एउटा विश्वसनीय साझेदार हो भन्ने कुरा देखाउँछ ।’ उहाँले मानवीय सेवामा खटिरहेका स्वयंसेवकहरु नै रेडक्रसका शक्ति हुन् भन्नुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का नेपाल प्रमुख अन्द्रे पके ९ब्लमचभ एयत्रगभत० ले नेपाल रेडक्रसको कानुनी आधारलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।