काठमाडौँ : भारतसँग प्रतिस्पर्धा गरिरहेको पाकिस्तानले पनि अन्तरिक्षमा मानव यान पठाउने तयारी गरेको छ। यसको तयारी करिब सकिएको छ ।
पाकिस्तानले निकट छिमेकी चीनको सहयोगमा अन्तरिक्षमा मानव यान पठाउने तयारी पुरा गरेको हो । अर्कातिर भारतले पनि अन्तरिक्षमा मानव यान पठाउने तयारी जोडतोडका साथ अघि बढाएको छ।
भारतले रसियासँग सहयोग लिएर अन्तरिक्षमा मानव यान पठाउन लागेको हो । तर यसको आधिकारिक घोषणा हुन भने बाँकी छ । सन् २०२२ मा पाकिस्तान आफ्नो योजना पुरा गर्ने तयारीमा छ । अन्तरिक्षमा पनि भारतसँग पकिस्तानको प्रतिसपर्धा हेर्न पाइने भएको छ ।
बिहीबार पाकिस्तानी सूचना मन्त्री फवाद चौधरीले यदि सबै कुरा दुरुस्त रहेमा सन् २०२२ म पाकिस्तानले पनि अन्तरिक्षमा आफ्नो झण्डा फहराउने छ ।
यस दिशामा काम गरिरहेको पाकिस्तान र चीनले स्पेस एन्ड अपर एटमसफेयर रिसर्च कमिशन (एसयुपीएआरसीओ) मा सम्झौता गरिसकेका छन् । पाकिस्तानको तर्फबाट यो पहिलो अन्तरिक्ष मिसन हुनेछ ।
पाकिस्तानले यसै वर्ष जुलाइमा आफ्ना दुई स्याटेलाइट यान पठाइसकेको छ। यसभन्दा पहिले पाकिस्तान रिमोट सेन्सिङ्ग स्याटेलाइट-१ (पीआरएसएस-१) र अर्को पाकिस्तान टेक्नोलोजी इभ्याल्युएसन स्याटेलाइट-१ ए (पीएके टीईएस-१ए) रहेका थिए । यी दुवैको प्रक्षेपण चाइनिज लन्ग मार्च २ सी बाट भएको हो ।
भारतको तयारी
पाकिस्तान भन्दा धेरै अघि भारतले सन् २००२ मा अन्तरिक्षमा मानव यान पठाउने तयारी गरेको थियो । भारतले कयौँ मानवरहित स्याटेलाइट अन्तरिक्षमा पठाइसकेको छ । अन्तरिक्षमा भारतले अहिलेसम्म मानव यान भने पठाएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको आधिकारिक घोषणा लाल किल्लाबाट गरिसकेका छन् ।
स्वतन्त्रता दिवसमा सम्बोधन गर्दै उनले भारत सन् २००२२ मा आफ्नो ७५ औँ स्वतन्त्रता दिवसको अवसर पारेर मानव यान अन्तरिक्षमा पठाउने तयारीमा रहेको बताएका थिए । प्रधानमन्त्री मोदीले भारतीय युवाले ७५ औँ स्वतन्त्रता दिवसमा अन्तरिक्षमा झण्डा फहराउने इच्छा राखेका छन्।
भारतको तर्फबाट पठाइने यानको नाम मोदीले गगनयान राखेका छन् । देशको स्पेस एजेन्सी यसअघिदेखि नै यसको तयारीमा लागेको छ। ‘ह्युमन स्पेसफ्लाइट प्रोग्राम (एचएसपी)’ अनुसार यसको निर्माण चलिरहेको छ। यानमा कतिजना जानेछन् भन्ने प्रष्ट भएको छैन । तर कम्तिमा तीनजना पठाइने बताइएको छ ।
अन्तरिक्षमा भिडन्त
भारत र पाकिस्तानले सन् २०२२ मा मानव अन्तरिक्ष यान पठाउने तयारी गरिरहेका बेला चीनले यसअघि नै यस्तो सफलता पाइसकेको छ। सन् २००३ मा चीनले आफ्नो मानवयुक्त यान पठाएर तीन देशम सामेल भइसकेको छ। चीन भन्दा पहिले रुस र अमेरिकाले पनि मानव यान पठाइसकेका छन् ।
अब भारतले मानव यान पठाउने चौथो देश बन्ने जमर्को गरिरहेका बेला त्यसमा पाकिस्तानले टक्कर दिएको हो । पाकिस्तान र चीनमा धेरै गहिरो रणनीतिक सम्बन्ध छ । चीन उसको सबैभन्द ठुलो हतियार आपूर्तिकर्ता पनि हो । त्यहीकरण चीनले पाकिस्तानको मानव यानका लागि सहयोग गरिरहेको छ।