सकिमना पूर्णिमा मनाउँदै नेवार समुदाय: भुटेका खानेकुराले सजियो देवल, ३३ फोटोमा भक्तपुर

86

राजेश दिदिया

भक्तपुर । नेवारहरूले चन्द्रमाको गतिलाई आधार मानेर वर्षभरि विभिन्न जात्रा, चाडपर्व मनाउँदै आएका हुन्छन् । यसमा एक कार्तिक शुक्ल पूर्णिमा पनि हो ।

फोटोहरु राजेश दिदिया र राजाराम नापित जसलाई सकिमना पूर्णिमाका रुपमा भव्यसँग मनाउने चलन रहेको छ जसलाई सकिमिला पूर्णिमा वा हलिमलि पर्वको रुपमा पनि चिनिन्छ । यहाँ ‘सकी’ भन्नाले पिँडालु जनाउँछ भने ‘मना’ले उसिने भन्ने अर्थ लाग्छ । यस दिन देवालय, शिवालय, मठ मन्दिर तथा देवदेवीको मूर्ति अगाडि सम्बन्धित मूर्त वा अमूर्त चित्रहरू प्रदर्शन गरिन्छ । यी चित्रहरू भुटेको मकै, कालो भटमास, गहुँजस्ता गेडागुडी तथा स्वारी मालपुवालगायतका रोटीहरूबाट बनाइएका हुन्छन् । यो अत्यन्त आकर्षक हुन्छ । कुनै देवदेवीको चित्र पूर्णरुपमा बनाइएको हुन्छ त कुनै प्रतिकात्मक हुन्छ । गणेशको मूर्ति अगाडि कतै अत्यन्त आकर्षक गणेशको पूर्ण चित्र बनाइएको हुन्छ त कतै गणेशको वाहन एउटा छुचुन्द्रोमात्र बनाइएको हुन्छ । कतै गणेशको हतियार बञ्चरो बनाइन्छ । टोल टोल र बस्ती बस्तीमा रहेका देवदेवीको स्थानीयहरु सकभर राम्रा राम्रा चित्र बनाउँछन् । यसप्रकारको संस्कृतिलाई यहाँ हरिमन्दि तथा नसा ब्वयेगु भन्ने चलन छ । सफा, ठूला कपडा तथा त्रिपालमाथि सर्वप्रथम भुटेको गहुँ बिछ्याइन्छ । गहुँमाथि भुटेको मकैबाट सम्बन्धित देवदेवीको चित्र बनाइन्छ । त्यसमा आँखा, कान, नाक, टीकालगायत स–साना आकृति कालो भटमासबाट तयार गरिन्छ । चारैतिर स्वारी मालपुवाजस्ता रोटीले सजाइन्छ । यसरी नसा ब्वयेगु गर्दा सम्बन्धित ठाउँका डाफा भजनले भजन गरिन्छ । यस दिन व्रत बस्नेहरूलाई देवताको प्रसादको रुपमा भुटेको मकै र भटमास दिई पठाइन्छ । साथै घरघरमा पिँडालु, सखरखण्ड र तरुल उसिनेर खाने चलन छ । भुटेको भटमास, मकै पनि खाने गरिन्छ ।

राजराम नापितका फोटोहरु