के हो त साम्यबाद ?

2361

किरण न्यौपाने

 साम्यवाद :यो एउटा सामाजिक र आर्थिक संरचना हो जुन सत्यतामा आधारीत हुन्छ जहा सहभागिहरु पूजी स्वामित्व एक अर्कासग बराबर रहन्छ ।

सम्पूर्ण पुजि साझा रहेको हुन्छ । पुजी रहने ब्यक्ति वा संस्थाको अस्तित्व रहदैन साम्यबाद वा मार्क्सबादी राजनैतिक पद्दतिमा यो यस्तो राजनैतिक परिपाटी हो जहा साम्यबादी दलले शासन गर्दछ र अन्य कुनै बिरोधी दलको संबैधानिक अस्तित्व हुदैन ।

The system of Government in which a Communist Party rules,without permitting any legel opposition ) देशको शासन प्रणालीमा सर्वहारावर्गको अधिनायकत्व – Dictatorshjip of the proletariat) चल्दछ ।

यस्तो ब्यबस्था नै साम्यबाद भनिन्छ ।आफ्नो ब्यक्तिगत भन्ने केही नरहने र समुदाय commune को स्वामित्वमा पुजी रहने एउटा काल्पनीक राज्यलाई साम्यबाद भन्दछन ।

साम्यबादीहरु कसरी शक्तिमा आए – १९१७ देखि १९७५ सम्म २३ देशहरुमा साम्यबादीहरु शासनमा आए।र्सवप्रथम साम्यबादी शासन आएको १९१७ मा रुसमाहो भने १९७५मा एङगोला,कम्पुचिया-क्याम्बोडिया, लावस, भियतनाम आदि हुन साम्यवाद र समाजवाद साम्यबाद र समाजवादलाई एकै ठानी धेरै मानिसहरु झुक्किने गर्दछन।तर यी दुइको राजनैतिक परिपाटीमा आकास जमिन फरक पर्दछ ।

समाजवादवाईअर्को अर्थमा प्रजातान्त्रिक समाजवादपनि भनिन्छ।प्रजातन्त्र जस्तो अत्यन्त सम्बेदनशिल र अपरिहार्य बिषयमा नै साम्यबाद सग मतभेद राख्ने समाजवादको परिभाषा पनि अत्यन्त ब्यापक रहेको पाईन्छ ।प्रजातान्त्रिक माध्यमबाट समाजमा राजनैतिक,आर्थिक तथा समाजिक समानता ल्याउनु नै समाजवाद हो।समाजमा आर्थिक र समाजिक शोषण नियन्त्रित गरिनु,अशक्त र पिछडिएको बर्गलाई पनि उन्नतीको समान अवसर प्राप्त हुनु ,योजनाबद्द आर्थिक बिकास र न्यायोचित बितरणको प्रबन्धबाट बिकास को फल आमजनता समक्ष पुग्नु नै समाजवाद हो ।

समाजवादी र साम्यबादी दुबै राजनैतिक सिद्दान्त पद्दति पुजिबादको बिरोधी हुन।दुबैलेपुजीबादको अन्त गरि समाजमा रहेको ब्याप्त शोषण र आर्थिक बिषमताको अन्त गरी एक शोषण रहित समाजको निर्माणमा जोड दिन्छन ।यी दुबै राजनैतिक पद्दतिले समानताको सिद्दान्तलाई मुलमन्त्र संझेको भए पनि मूख्य अन्तर यीनीहरुको कार्यप्रणालीमा रहेको छ ।समाजवादीहरु असल साध्य प्राप्ती गर्न असल माध्यमा जोड दिन्छन भने साम्यबादीहरु असल माध्यममा जोड दिन्छन ।

साम्यबाद र समाजबादमा रहेका अनेकौं असमानताहरु .. क) कार्यशैली :समाजबादीहरु पुजीबादी ब्यबस्थाको अन्त नर्ग बैधानिक, प्रजातान्त्रिक तथा अंशिसात्मक प्रकृयामा बिश्वास राख्दछन ।साम्यबादीहरु पुजिबादी ब्यबस्थाको अन्त हिसां बाहेक अन्य बल्पि देख्दैनन । अतः समाजबादीहरु अंहिंसाबादी हुन्छन भने साम्यबादीहरु हिसाबादी हुन्छन ।

ख) समाजवादीहरु बिकासबादी तथा प्रगतिबादी हुन्छन भने समाजबादीहरु उग्र क्रान्तिबादी वा अधिनायकबादी हुन्छन ।

ग)समाजवाद भित्र प्रजातन्त्र हुन्छ भने साम्यबाद भित्र प्रजातन्त्रको कुनैअस्तित्व हुदैन।साम्यादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्छ समावजादबाट प्रजातन्त्र झिकीदियो भने साम्यबाद बन्दछ : बीपी कोईराला ।

घ)समाजवाद बर्ग समन्वय class cooperation) बिश्वास गर्दछन भने समाजबाद बर्ग संघर्ष -Class War मा ।

ङ)समाजवादीहरु कुनै पनि दल party बर्ग तथा ब्यक्तिको अधिनायकत्व लाई स्वीकार गर्दैनन भने साम्यबादीहरु र्सवहारा बर्गको अधिनायकत्वलाई अपरिहार्यता ठान्दछ ।

च) समाजबादीहरुबिरोधी दलको अस्तित्वलाई सदैब स्वीकार गर्दछन भने साम्यबादी राजनैतिक पद्दतिमा बिरोधीदलको त के कुरा एकजना बिरोधीको पनि तत्काल बिनाश गर्नु पर्छ भन्ने भावनाराख्दछन।साम्यबादमा बिरोधी दल वा ब्यक्तिलाई बर्ग शत्रुको संज्ञा दिदै कठोर सजाय दिन थाल्दछन ।

छ) समाजबादमा ब्यक्तिका सवै सम्पतीहरु सरकारीकरण नगरि आर्थिक समानताका लागि सम्पती राख्न पाउने एक निश्चित हदबन्दी तोकिएको हुन्छ तर साम्यबादमा ब्यक्तिगत सम्पती पुर्णत सरकारीकरण गरिन्छ । कम्युनिजममा ब्यक्ति स्वंयमा नै सरकारको भएको हुन्छ उखानै छ : दालभात तरकारी जीउ धन सरकारी

ज) समाजवादमा मिश्रित अर्थतन्त्र भएको आर्थिक नीति लागु हुन्छ भने साम्याबादमा देशको आर्थिक नीति राज्यद्धारा सञ्चालित हुन्छ ।राज्यद्धारा संचालित आर्थिक नीतिलाई केन्द्रीकृत अर्थतन्त्र पनि भनिन्छ ।

ज) समाजबादमा सरकारले ब्यक्तिलाई हस्तक्षेप गर्दैन । तर साम्यबादी ब्यबस्थामा साम्यबादी दल नै सर्वेसर्वा भएकोले ब्यक्तिको प्रत्येक कुरामा हस्तक्षेप गर्ने अधिकार राख्दछ ।

ञ) ब्यक्तिलाई धर्म मान्ने स्वतन्त्रता समाजवादमा यथाबत रहन्छ भने साम्यबादले धर्मलाई अफिम सम्झी त्यस किसिमको धार्मिक स्तन्त्रता दिदैन ।

ट) समाजवादी ब्यबस्थामा जनताको मौलिक हक सुरक्षित रहने हुनाले सरकारद्धारा जनता लाई आतंक तथा काममा मजवुरीका साथ गराउन नपाउने हुन्छ ।तर साम्यबादीहरु ब्यबस्थामा सरकारी आतंकको कुनै सीमा नै हुदैन । साम्यबाद दल वा सरकारको निति अनुसारको काम गर्नेपर्नै बाध्यता रहेको हुन्छ ।

ठ) समाजवादी राज्य ब्यबस्थामा सरकारी नीतिको बिरोध गर्ने स्वतन्त्रता रहने हुनाले शान्तिपुर्ण हड्ताल सत्याग्रह जस्ता अंशिसात्मक बिरोध प्रकृयाका लागि कानूनी बन्देज रहदैन तर साम्यबाद राजनैतिक पद्दतिमा यस्तो कुनै किसिमको स्वतन्त्रता रहदैन ।

ड) समाजवादीहरु पहिले उत्पादन अनि मात्र समान बितरणमा जोड दिन्छन भने साम्यबादीहरु उत्पादनलाई भन्दा बितरणमा बढी बिश्वास राख्दछन ।त्यसकारण साम्यबादलाई गरिवीको वटवारा पनि भनिन्छ ।

प्रजातान्त्रिक समाजवादी राजनैतिक पद्धतिको चार आधारशिलाहरु :

क)ब्यक्तिलाई आर्थिक,धार्मिक,समाजिक,न्यायाधिक,न्यायिक तथा राजनैतिक समानताको स्वतन्त्रता ।

ख) बिना हातहतियार शान्तिपूर्ण भेला हुने स्वतन्त्रता ।

ग) ब्यक्तिको मौलिक अधिकारको सुरक्षा ।

घ) वाक तथा प्रकाशन स्वतन्त्रता ।