के हो नेपाली काँग्रेसको समाजवादी आन्दोलन ?

2474

नेपाली काँग्रेसको स्थापना इ.१९५०मा भयो ।लगत्तैपछि कांग्रेस को बैरगनिया अधिबेशन भयो ।००७ सालको क्रान्तिमा नेपाली काँग्रेस ले आफ्नो पहिलो घोषणापत्र जारि गरेको थियो ।

यस दृष्टिले यस घोषणापत्रको एतिहासिक महत्व छ । बैरगनिया अधिबेशन सम्पन्न भएको केहि महिना भित्र मात्र नेपाली काँग्रेसको नेतृत्वमा मुक्ति सेनाको एक टुकडिले बीरगन्जमा आक्रमण गर्यो । त्यसको ठीक दुइ दिन अघि राजा त्रिभुवन राणा सरकारको पहराबाट उम्किएर भारतीय राजदुतावासमा शरण लिएका थिए ।

१०४ बर्षअघि राजा त्रिभुवनका एक पूर्वज श्री ५ राजेन्द्र बिक्रम शाहले राजदुतावास भन्न मिल्ने तत्कालिन रेजिडेन्सीमा शरण खोजेका थिए।त्यस दिन रेजिडेन्सीको ढोका राजा राजेन्द्रका लागि खोलिएन।यस पटक ढोका खोलियो।त्यसका सगसगै नेपालको राजनीतिमा तीव्र तरंग छुटे ।राजा त्रिभुवनको भारत उडानको १०० दिन पनि नपुग्दै राणाका र्सवाधिकार सम्पन्न श्री ३ मोहनशम्शेर प्रजातन्त्रका पक्षमा बार्ताको टेवलमा आउन बाध्य भए ।

थालिएको मुक्ति संग्राम पछि युद्द स्थगनका निमित्त ५० दिन पनि लागेको थिएन । नेपाली काँग्रेसका र्सवाधिकार सम्पन्न अध्यक्षका रुपमा मातृका प्रसाद कोईरालाको १६ जनवरी १९५१मा हतियार स्थगनको आब्हान गर्नु भएको थियो । नेपालको राजनैतिक इतिहासमा ००७ सालको क्रान्तिको एतिहासिकता, सार र तत्वका बारे आजसम्म छलफल चलिरहन्छ । यो अस्वभाविक पनि होईन ।फ्रान्सेली राज्यक्रान्ति बारे आज पनि इतिहासकारले बिमर्श गरिरहन्छन।तर फ्रान्सेली राज्यक्रान्तिको बिमर्शले दिनानुदिनको राजनीति लाई थोरै मात्र तताउछ ।

००७ सालको क्रान्तिको हकमा हामी त्यस्तो निरपेक्षतामा पुगेका छैनौ । ००७ सालको क्रन्तिले आज पनि राप र ताप उत्पन्न गर्छ । नेपाली काँग्रेसले ००७ सालको क्रान्तिको नेतृत्व गरेकोमा अहिले पनि गौरवबोध गर्छ । सवैधरिका कम्युनिष्टहरु ००७ सालको क्रान्तिको अवमुल्यन गर्छन । खासगरि नेकपा माओवादी केन्द्र तथा अन्य आफूलाई क्रान्तिकारी कम्युनिस्ट मान्नेहरु ००७ सालको क्रान्ति केही हुदै होईन भन्ने मनोबृत्तिलाई प्रोत्साहित गरेको देखिन्छ । किनकि टाउको काट्ने झापा आन्दोलन या माओवादीले गरेको शसस्त्र युद्दको महत्व बढाउने क्रममा यसो भनेका हुन ।

कुनै पनि क्रान्ति वा परिवर्तनको घटनाको मुल्य त्यहा बगेको रगतको परिणामका आधारमा आँकिदैन र आक्न हुदैन पनि ।सन् १६८८ को बेलायतको गौरवशाली क्रान्ति रक्तहिन थियो । त्यस पछि बेलायतमा नै हुदै गएको युगान्तकारी परिर्वनलाई औद्योगिक क्रान्ति भनिन्छ ।औद्योगिक क्रान्तिमा संरचनात्मक हिँसा अवस्य भयो । त्यहा प्रतक्ष्य रक्तपात भएन ।त्यसैले ००७ सालको क्रान्तिमा रगत कम्ति बग्यो, त्यो महत्व पूर्ण होइन। बग्न रगतै बगेको थियो । स्वयं सुबर्ण शम्शेरको भानिज थिरबम मल्लको वलिदानी बाट यस क्रान्तिको बिगुल फुकिएको थियो ।नेपालमा सशस्त्र क्रान्तिका अरुपनि थुप्रै प्रयास भएका छन ।

तर्सथ ००७ को क्रान्तिको परिणाम दीर्घकालिन दृष्टिले अत्यन्त ब्यापक रहेको थियो । ००७ सलाको क्रान्तिको पदचाप र जनादेश हामी आजसम्म सुन्दै भोग्दै छौं । ००७ सालको आन्दोलन र परिणामको एक रुप बर्तमान संबिधान पनि हो । नेपाली काँग्रे र समाजवाद नेपाली काँग्रेस प्रजातान्त्रिकरण र आधुनिकिकरणको प्रकृयाबाट नेपाली समाजको पुनर्निमाण गर्न चाहन्छ ।समाजवादी भावनाले सिचिंत प्रजातन्त्र र असम्लग्नताको आर्दशले ओतपोत राष्ट्रियता नेपाली काँग्रेसको राजनैतिक दर्शनको मुल आधार हो।

००३ सालतिर आफ्नो जन्मकालदेखि नै नेपाली काँग्रेसले मजदुर हड्ताल,हलो आन्दोलन, मोहीयानी र किसान आन्दोलन,सामाजिक भेदभाव र जातीयताको अन्त्य अनि सामन्ती शोषणको बिरोध कार्यक्रमहरुबाट आफ्नो राजनैतिक यात्रा शुरु गरेको थियो ।यसबाट के देखिन्छ भने मौलिक रुपमा नेपाली काँग्रेसको आन्दोलनको लक्षित बर्ग भनेको समाजको सवैभन्दा तल्लो तहमा थिचिएर रहेकेा बिपन्न बर्ग नै हो । काँग्रेसको आधार भनेको किसान,मजदुर र दलित उत्पिडित जनता नै हुन ।

राजनीतिक र बैयत्तिक स्वतन्त्रताको सर्वोपरी महत्वका र्सर्न्दभमा उच्च वर्ग र मध्यम वर्गले पनि नेपाली काँग्रेसलाई मुक्तिदाताको रुपमा पाएको छ । तर पनि आर्थिक र सामाजिक परिवर्तन बिना राष्ट्रको सर्वांगीण बिकास सम्भव नहुने र बहुसंख्यक जनताको सहयोग र समर्थन बिना प्रजातन्त्रको आधार मजवुत हुन नसक्ने तथ्यलार्इ हृदयगंम गर्दै आफ्नो समन्वयबादी दर्शन अनुरुप नेपाली काँग्रेसले आर्थिक रुपले माथिल्ला बर्गहरुको समेत सहयोग र सहभागिता जुर्टाई निम्नबर्गका बिपन्न जनतालाई न्याय र समानताको हक दिलाउने र्सघष र परिवर्तनको नेतृत्व गर्दै आएको छ । आज नेपाली काँग्रेसले आफ्ना सारा प्रयत्नहरुलाई आर्थिक,सामाजिक र भौगोलिक रुपले पछि परेको र समाजबाट उपेच्छित अवस्थामा रहेका जनतालाई बिकासको मुल प्रबाहमा समान हिस्सेदार र सहभागि गराउने नीति आगाल्दै अघि बढ्नु परेको छ ।

नेपाली समाजबाट सामन्ति प्रथाका अवशेष मेटाउने नेपाली काँग्रेसका बिभिन्न कदमहरु मध्ये राज्य रजौटा उन्मुलन,बिर्ता उन्मुलन,जमिन्दारी प्रथा उन्मुलन,वनको राष्ट्रियकरण हु्दै कमैया प्रथाको उन्मुलन सम्म आएका छौं । समाजवादी सुधार र परिर्वतनका प्रति नेपाली काँग्रेसको निति र निष्ठाका सम्बन्धमा बिपक्षीहरुद्धारा बारम्बार आशंका प्रकट गरिए तापनि र काँग्रेस भित्रै पनि केही अंशमा तर्क बिर्तक उठ्ने गरेता पनि प्रजातन्त्रप्रतिको यसको पूर्ण प्रतिबद्धता अर्थात जनताका नैर्सर्गिक हक अधिकार एवंम समाजका प्रत्येक ब्यीक्तको सम्मान पुर्वक मानवोचित जीवनका प्रति अटुट आस्थाका कारण काँग्रेस मुलधारबाट कहिल्यै बिचलित हुन सक्दैन ।बहुसंख्यक जनता र त्यस भन्दापनि अगाडि बढेर समाजका प्रत्येक ब्यक्तिको बास्तबिक हक र हैसियत कायम नहुदा सम्म प्रजातन्त्रले पुर्णता प्राप्त गर्न सक्तैन।अर्थात साचो अर्थमा प्रजातन्त्र साकार हुन समाजमा सामाजिक न्याय र अवसरको समानता अनिबार्य आवस्यक हुन्छ । तर्सथ पूर्ण प्रजातन्त्र प्रतिको अबिभाज्य निष्ठाले गर्दा स्वभाविक रुपले काँग्रेसका आर्थिक सामाजिक नीतिहरुलाई अर्को समाजवादको आर्दशले नै निर्देशित र संचालित गर्दै आएका छन।

प्रजातान्त्रिक समाजवादको अर्को सौर्न्दय के हो भने यसले समाजिक न्याय स्थापना गर्दा उदार प्रजातन्त्रका मौलिक पक्षहरुलाई कहिल्यै खलबलिन दिदैन । सामाजिक न्याय आजको बिश्व राजनैतिक प्रमुख नारा भएको छ । सगसगै बिश्वब्यबस्थामा उदारीकरण,निजीकरण,र बिश्वब्यापीकरणको प्रभाव पनि बिस्तारित हुदैछ।यी दुर्इ पक्ष बीच कही न कही समाञ्जस्य र मिलनबिन्दु पहिल्याउने प्रयास पनि जारी नै छन ।

उदारीकरणको प्रभावले रुस र चीन जस्ता मुलुकका नियन्त्रित समाज र केन्द्रिकृत आर्थिक ब्यबस्थालाई परिवर्तन हुन बाध्य पारिछाडेको अनुभव हामीसग एकातिर छ भने अर्कातिर समाजिक न्याय र समानताको सन्देशले तेश्रो बिश्वका बिपन समाजलाई मात्र हैन बिकासको चरमचुली मा पुगेका बिकसीत राष्ट्रहरुको राजनीतिलाई समेत गम्भीर रुपले प्रभाबित गराएको छ।त्यहा पनि समाजिक न्यायको पक्ष दिनानुदिन प्रवल हुदै गएको छ।ती राष्ट्रहरुमा आज तेश्रो बिकल्पको खोजी ब्यापक रुपमा भईरहेको छ । उदारबाद र समाजवादको कुरा सगसगै जाने कुरालाई बिरोधाभाष र अन्योल ठान्नु भन्दा परिपक्व सोचको उपज मान्नु पर्दछ । किनकि काँग्रेसको सन्तुलित बिचार र समन्वयबादी सिद्दान्त नै दुनियाँको यर्थाथ रहेछ र मिलनबिन्दु पनि ।

जननायक बी.पी.कोईरालाको प्रजातान्त्रिक समाजवाद तेश्रो बिश्वको भबिष्यको लहर हो भन्ने उक्ति आज झन सार्न्दभिक भएको छ । त्यसैले आज नेपाली काँग्रेसले समाजको सम्बृद्दि बढाउन ,उत्पादनमा बृद्धि हासिल गर्न नीजि क्षेत्रको भूमिका आवस्यक कदम चल्न आबस्यक छ | बिकास अभियानमा जनताको सहभागिता र बिकासको प्रतिफल समाजका सवै सदस्यमा समान रुपले पुग्न पाओस भनेर समाजिक न्यायको सिद्धान्तलाई पनि निष्ठापुर्क अंगालेर अघि बढ्नु पर्दछ | यी दुबै पक्षबीचको अन्तरबिरोधलाई कम गर्दै समन्वय स्थापित गर्ने कुशलता नै प्रजातान्त्रिक समाजवादको बिशेषता हो । अर्थात ब्यक्ति र समाजको सर्वांगीणा बिकासका लागि स्वतन्त्रता मुलतत्व हो । त्यसलाई साकार पार्न समाजमा न्याय र समानता र मानवअधिकार र पारदर्शिता अत्याबस्यक तत्व हुन ।

काँग्रेसको प्रतिबद्धता यही हो । बिश्वब्यापी प्रतिस्पर्धा र आर्थिक उदारीकरणको लहर चलेको यस परिस्थितिमा नेपाल जस्तो राष्ट्रले आफुले प्रतिसपर्धा गर्न सक्ने क्षेत्र पहिल्याएर हाम्रो श्रम शक्ति,उद्यमशीलता र बिशिष्ट उत्पादन एवं प्राकृतिक स्रोत तथा सम्भाब्यतालाई सदुपयोग गरेर यस लहरबाट अधिकतम लाभ लिने प्रयास गर्नै पर्छ । तर पनि यसबाट हाम्रो समग्र समस्या हल हुन सक्ने स्थिति नभएकोले यसका सकारात्मक पक्षलाई ग्रहण गर्दा गर्दै पनि सामाजिक न्यायको पक्षलाई प्रमुखता दिएर मानकेन्द्रित बिकास तर्फजोड दिनु आवस्यक छ ।

किरण न्यौपाने

सदस्य जिल्ला समिति,

नेपाली काँग्रेस

,भक्तपुर ।