गिनिज रेकर्ड विजेता गीतकार समीरद्वारा बसन्त चौधरीको नयाँ काव्य कृतिको विमोचन

389

काठमाडौं ।
ख्यातिप्राप्त कवि एवम् लेखक बसन्त चौधरीको पछिल्लो कविता संग्रह ‘चाहतो के साये मे’ नयाँदिल्लीमा विमोचन गरिएको छ ।

बलिउडका वरिष्ठ गीतकार समीर ‘अन्जान’ ले केही दिनअघि उक्त कविता संग्रहको विमोचन गरिएको नर्भिक अस्पतालद्वारा मंगलबार जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

गीतकार समीर बलिउडका त्यस्ता गीतकार हुन् जसको नाम संसारकै सबैभन्दा धेरै संख्यामा गीत लेखेवापत सन् २०१६ को गिनिज वल्र्ड रेकर्डमा उल्लेख गरिएको छ ।

नयाँदिल्लीस्थित होटल ह्यात रिजेन्सीको सभाहलमा उपस्थित भारतीय साहित्यका मुर्धन्य साहित्यकारहरूले कवि चौधरीको नयाँ पुस्तकको प्रशंसा गरे ।
पछिल्लो एक वर्षको दौरानमा सार्वजनिक भएको चौधरीको यो दोस्रो पुस्तक हो । ‘चाहतो के साये मे’लाई ख्यातिप्राप्त ‘बेनेट कोलम्यान एन्ड कम्पनी लिमिटेड’ अन्तर्गतको ‘टाइम्स ग्रुपबुक्स’ ले प्रकाशन गरेको हो । २४२ पृष्ठको पुस्तकमा चौधरीले हिन्दी र उर्दु मिश्रित मिठासपूर्ण सरल भाषामा लेखेका कविता, गीत, गजल तथा नज्माहरूलाई समेटेका छन् ।

उक्त पुस्तकको साथमा चौधरीद्वारा लिखित विभिन्न सातवटा गीत समेटिएको सिडी पनि सार्वजनिक गरिएको थियो । ती गीतहरूमा बलिउडका चर्चित गायक÷गायिका सोनु निगम, श्रेया घोषाल, रुपकुमार राठोड र मोहित चौहानको स्वर रहेको छ । कार्यक्रमका दौरानमा केही गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रमका मुख्य अतिथि गीतकार समीरले कवि चौधरीको पुस्तक सरल र श्रोतामुखी रहेको बताए । उनले मनलाई छुने काब्य कृति रचना गरेको भन्दैचोधरीको खुलेर प्रशंसा गरे । “अझैपनि साहित्यको दुनियाँमा चलचित्रका गीतकारहरूलाई स्वीकार नगरिनु दुःखलाग्दो विषय हो । गुलजार साहेव (भारतका लोकप्रिय गीतकार, कवि एवं फिल्म निर्देशक)ले मलाई आफ्नो गीतहरूको संग्रह प्रकाशन गर्न सुझाव दिदै आउनुभएको छ र म पनि त्यसबारेमा सोचिरहेको छु”, उनले भने ।
पुस्तक विमोचन कार्यक्रममा भारतको उत्तराखण्ड राज्यका पूर्व मुख्यमन्त्री रामेश पोखरियाल ‘निशक’ विशिष्ट अतिथीको रुपमा उपस्थित थिए । स्वयं कवि समेत रहेका निशकले नेपाल र उत्तराखण्डबीच सीमा जोडिएको विशेष निकटता रहेको चर्चा गर्दै दुबै ठाउँमा रहेका साझा संस्कृति र पहाडी भुभागबारे उल्लेख गरे । कवि चौधरीको पुस्तक नेपाल–भारत सम्बन्ध बलियो बनाउने दिशामा एक महत्वपूर्ण कदम भएको उनको कथन थियो ।
भारतका बरिष्ठ कवि, साहित्य समीक्षक एवं समालोचक बालस्वरुप राही तथा दिल्ली विश्व विद्यालय अन्तर्गतको हंसराज कलेजका प्राचार्य डा. रमाले ‘चाहतो के साये मे’ माथि टिप्पणी गरे ।
अन्त्यमा पुस्तकका लेखक चौधरीले ‘चाहत’ (इच्छा) शब्दको विभिन्न आयामबारे प्रकाश पार्दै भने, “धेरै जसो मेरा काव्य कृतिलाई प्रेम र इच्छाले डो¥याउँदै आएपनि इच्छा वाचाहत स्त्री र पुरुष बीचको प्रेममामात्र सीमीत नभएर त्यो भन्दापनि पर रहेको छ । यसले समानरुपमा कुनै पनि व्यक्तिको नयाँ उचाईमा पुग्ने र नयाँ लक्ष्य प्राप्त गर्ने आकांक्षालाई समेत व्यक्त गर्दछ । यसर्थ इच्छा भनेको मानिसको समग्र जीवन प्रगतिको मुख्य उत्प्रेरक तत्व हो ।”
कविचौधरी तथाकार्यक्रमकावक्ताहरूले कविताहरुको भाव दुरुस्त प्रतिविम्वितहुनेगरी सफलतापूर्वक ‘चाहतो के साये मे’लाईअंग्रेजीमाअनुवाद गरेको भन्दैजार्काताका सुन्जोय शेखरको खुलेर प्रशंसा गरे । ‘चाहतो के साये मे’लाई यहीअसार ११ गते भारतको मुम्बईमा समेत विमोचनगरिने टाइम्स ग्रुपबुक्सले जनाएको छ ।