अपाङ्गप्रतिको नेपाली समाजको दृष्टिकाण

314

यज्ञबहादुर कार्की
यहाँ मनन गर्ने हो भने पक्कै पनि पिछडिएको सभ्यतासंग तुलना गरे हुन्छ । नेपालीहरुमा चेतनाको कमि भन्दा पनि मनोगत संस्कारलाई त्याग्न नसक्ने कमजारी नै वढि पाईन्छ । अपाङ्ग तपाई हामीहरुमध्ये जो कोहि जुन सुकै अवस्थामा पनि हुन सकिन्छ तसर्थ अपांगलाई हेला हैन स्नेह गर्न सिक्नु पर्छ । हुनत अपांग भैसकेपछि अपांग र साङ्गका मनोगत भावनाहरु किन फरक फरक हुन पुग्दछन ? भन्ने सारभुत कुरालाई हेरिदा नेपाली समाजको चित्रण गर्नै पर्द्छ ति चित्रणभित्र अपांग भन्नासाथ उ निरिह कमजोर र आश्रित हुने व्यक्ति हो भन्ने दृष्टिकोण समाजले वनाउन थाल्दछ व्यक्तिगत रुपले वन्न पुगेको यो दृष्टिकोणको प्रभाब अरुहरुमा पर्दै जाँदा अन्ततः त्यो सामाजिक या (समुहगत ) वन्न पुग्दछ यसै विकृत संस्कारको विजतत्वको रुपमा नेपाली सभ्यता पछाडि परेको भन्दा अतियुक्ति नहोला ?
अपाङ्ग प्रतिको पहिलो संस्कार घरैवाट सुरु हुने हुनाले त्यहीँबाट सचेतता अपनाउन जरुरी छ ।परिवार देखिकै व्यवहारलाई हेरि लैजादा सुरु सुरुमा उ प्रति परिवारको स्नेह सहयोग र सदभावना बढी भएको पाइएला तर कालान्तरमा तिनै परिवारहरुवाट कुरा काटने अपहेलित वचन वोल्ने गरिदा उस प्रतिको संम्वेदनशिलतामा ह्रास आउदै नकारात्मक वातावरण खडा गरेको पनि भेटिन्छ । जव उ अपाङ वन्न पुग्दछ उ पुर्णरुपले परिवार वा समाज वा राज्य प्रति आश्रित हुन खाज्नुनै मनोविज्ञानको दृष्टिकोणले उ दयाँ खोजीरहेको प्रतित हुन्छ तसर्थ दयाँ होईन केवल अवसर दिने वातावरणको माग वा त्यस्तो चाहाना व्यक्ति वा परिवार वा समाज वा राज्यसंग उसले देखाउन सक्नु पर्छ ताकि उ अपांग भएर नै मानसिक रुपले साङ्ग भन्दा कमि छैन भन्ने सन्देश समाजमा पैदा गर्न सकोस विद्यमान परिस्थितिमा सहरका शिक्षीत र सम्पन्न परिवारका अपांग व्यक्तिहरुलाई छाडेर ग्रामिण विपन्न वर्गका अपांग हुने व्यक्तिलाई हेर्दा उ प्रतिको परिवारहरुकै व्यवहार सन्तोषजनक देखिदैन ।अशिक्षा र गरिवी नै कलहको जड हो त्यसैले घर परिवारबाट टोल छिमेक र समाज हुदै राज्यसम्म त्यो पुगेको मान्नु पर्द्छ । किन अपांगहरु प्रतिको सम्वेदनशिलतालाई आफुसंग साङ्गले समिश्रण गरेको पाईदैन ? त्यस भित्र धेरै कारकतत्वहरु पनि छन तितो सत्यलाई स्विकार्ने हो भने केहि केहि अवस्थामा दुवै वर्गको स्वार्थीपन अहंपन पनि परेको पाईन्छ ।समग्रमा त्यसो त नहोला तर समाजको रुढीबादीता चाहिँ प्रमुख तत्व हो । हाम्रो समाजले प्रथमतस् अपाङ्गलाई पहिलो प्राथमिकतामा राखेर
हुर्नु पर्छ । अपाङ्गहरुले पनि जुनसुकै काम गर्दा पनि एक पटक हैन तीन पटक सोच्नु पर्छ ताकी अरुले ले वेईमानी
र धोकामा पार्न नसकुन । समय सापेक्ष चल्न सक्नु अपाङ्गहरुको कर्तव्य हो । सजगता नै ज्ञानको कुंञ्जी हो ।