भक्तपुरको प्रसिद्ध बिस्काः ५५ हाते लिङ्गो उठाइँदै

124

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको चौथो दिने स्थानीय ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो ठड्याइँदै छ ।
काशी भैरवनाथको प्रतीक मानिने लिङ्गो तान्त्रिक विधिअनुरूप पुजा अर्चना गरी अष्टमात्रिकाको प्रतीक आठ वटा डोरीले तानेर उठाउने प्रचलन रहेको छ ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा उठाउने उक्त लिङ्गोको कोखामा ९टुप्पोमा० नाग र नागिनीको प्रतीक स्वरूप दुई वटा विश्व ध्वजा अर्थात् हलिंपत ध्वजा बाँधेर अष्टमात्रिकाको प्रतीक आठ वटा डोरीले तानेर उठाइने प्रचलन रहेको छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याएर वैशाखको पहिलो दिन अर्थात १ गतेका दिन सोही लिङ्गो ढालिने परम्परा रहेको छ ।
लिङ्गो ठड्याउने क्रममा भैरवनाथ, भद्रकाली र नवदुर्गा देवगण समेत यहाँ समुपस्थित हुने मान्यता रही आएको छ ।
लिङ्गोको कोखामा झुन्ड्याइएका दुई वटा ध्वजाहरूलाई वीर ध्वजा, विश्व ध्वजा, र आकास भैरवका ध्वजाहरू समेत भनिन्छ ।
भक्तपुरको प्रसिद्ध बिस्काःको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि,सहकाल आउनुका साथै शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकोले यस जात्रालाई शत्रु हन्ता जात्रा पनि भन्ने गरेको छ ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो, मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानहरू समेत थप गरी आठ रात नौ दिन सम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् ।