‘लम्पी स्किन’ रोग लागे पनि बाँचेका पशु बथानमा देखिने जटिलता के हुन् ?

111

यो भाइरस रगतद्वारा पुरै शरीरमा फैलिन्छ । जसका कारण मुख एवं पाचन तन्त्रको श्लेष्मा झिल्ली, स्वाशनली एवं फोक्सोमा घाउ, खत एवम अल्सर हुने गर्दछ । पशुहरूको खुट्टाहरू तथा शरीरको अन्य भाग तल्लो भागमा पनि भरिन्छ जसले गर्दा पशुलाई हिँडडुल गर्न गाह्रो  हुन्छ ।

यस रोगका कारण भाले पशुमा प्रजनन अक्षमता हुने गर्दछ । गर्भिणी पशुहरुमा गर्भपतन हुनुका साथै कैयौं महिनासम्म ऋतु चक्रको ऋतुकाल देखा पर्दैन । यस रोगका कारण कमजोरी, निमोनिया, थुनेलो हुने गर्दछ । छालाको निर्जिव गाँठाहरु झिंगाको औंंसाका कारण छालामा गहिरो प्वाल पर्दछ । पशुलाई निको हुन लामो समय लाग्दछ ।

लम्पी छाला रोगबाट निको भएपछि गाईवस्तुले अझै पनि केही समस्या वा जटिलताहरू अनुभव गर्न सक्छ । यहाँ केही सम्भावित समस्याहरू छन्, जुन गाईवस्तुहरूले सामना गर्न सक्छन् ।

दागहरूः लम्पी छाला रोगले गर्दा छालाको घाउले दागहरू छोड्न सक्छ । यी दागहरूले जनावरको उपस्थितिलाई असर गर्न सक्छ र सम्भावित रूपमा निश्चित बजारहरूमा तिनीहरूको मूल्यलाई असर गर्न सक्छ ।

दूध उत्पादनमा कमीः रोगबाट निको भइसकेपछि पनि गाईवस्तुले दूध उत्पादनमा अस्थायी वा स्थायी कमी अनुभव गर्न सक्छ । यो रोगको समयमा जनावरले भोगेको शारीरिक तनाव वा स्तन ग्रन्थीको कार्यलाई असर गर्ने दागको कारण हुन सक्छ ।

कमजोर प्रतिरक्षा प्रणालीः लम्पी छाला रोगले गाईवस्तुको प्रतिरक्षा प्रणालीमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ । यद्यपि तिनीहरू प्रारम्भिक संक्रमणबाट निको हुन्छन् । तिनीहरूको प्रतिरक्षा प्रतिक्रियामा सम्झौता हुन सक्छ, जसले तिनीहरूलाई अन्य रोगहरू र संक्रमणहरूको लागि बढी संवेदनशील बनाउँछ ।

सेकेन्डरी इन्फेक्सनः लम्पी छालाको रोगले गर्दा हुने खुला छालाको घाउले माध्यमिक संक्रमणको अवसर सिर्जना गर्न सक्छ । ब्याक्टेरिया र अन्य रोगजनकहरू क्षतिग्रस्त छालाबाट प्रवेश गर्न सक्छन्, जसले थप स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ जसलाई चिकित्सा ध्यान र उपचार आवश्यक पर्दछ ।

प्रजनन चुनौतिहरूः लम्पी छाला रोगले गाईवस्तुको प्रजनन स्वास्थ्यलाई पनि असर गर्न सक्छ । यसले अस्थायी वा स्थायी बाँझोपन, कम प्रजनन दर, वा गर्भवती गाईहरूमा गर्भपातको जोखिम बढाउन सक्छ । यस रोगमा द्वितीयक संक्रमण जीवाणुद्वारा भएमा मृत्यु पनि हुन सक्दछ । पशुस्वास्थ्यकर्र्मीहरु को टाउको दुखेको यतिले मात्र हो ।

जलवायु परिवर्तन, वैश्विक तापमान वृद्धि एवं विविध खाले प्रदूषणका कारण वातावरणमा परेको संभावित असरका कारण मानवीय जनस्वास्थ्य विगत चार पात्रो वर्षदेखि कोविड–१९ को लहरहरुमा रुमलिएको यथार्थ हामीसँग छ । यस्तोमा एकै पारिस्थितिक प्रणालीमा विचरण गर्ने पशुपक्षी के सुरक्षित होलान् ? विगतदेखि नै खोरेत भ्यागुते चरचरे, पीपीआर, स्वाइन फिवर, थुनेलो र डेगनाला जस्ता रोगले सताइएका पशुहरु त निको आवधिक उपचार एवं रोकथाममा अल्झिएका पशुस्वास्थ्यकर्र्मीहरुको टाउको दुखेको यति ले मात्र हो ।

सर्वप्रथम सन् १९२९ मा अफ्रिकामा पहिलो पटक अनि हाम्रो आफ्नो छिमकी भारतमा २०१९ मा पन्ध्र राज्यहरुमा अभिलिखित भएको लम्पी सीकन डिजीज हाम्रो आफ्नो परिवेशमा २०२१ देखि तराई मधेसका केही प्रदेशका जिल्लाहरुमा देखिन थालेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको पशु सेवा विभाग र प्रदेशस्थित कृषि मन्त्रालयको तथ्यांकअनुसार दुई वर्षअघि भित्रिएको यो रोग देशभरका ७६ जिल्लामा पुगिसकेको छ  । अहिलेसम्म ६ लाख ४५ हजार ३ सय ६६ गाई, भैँसी र गोरु यो रोगका संक्रमणमा परेको केन्द्रीय पशुपक्षी अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ  ।

तर, यो रोगबाट लाखौँ पशुचौपाया संक्रमित भएको प्रारम्भिक अनुमान छ  । १० असार ०७७ मा मोरङको सुन्दर हरैँचा नगरपालिकामा रहेका किसानका गाईमा पहिलोपटक ‘लम्की स्किन’ रोग देखा परेको थियो । सुरुका दिनमा नियन्त्रणका लागि खासै चासो नदिएपछि अहिले यो रोगले महामारीको रूप लिएको हो ।

लम्पी स्कीन डिजिज विषाणुहरुद्वारा हुने रोग मानिन्छ । यो भाइरस पाकसविरिडेड परिवरा तथा कैप्रिपकस वंशसँग सम्बन्ध राख्दछ । यो रोग गाईहरुमा तथा एशियाली भैसीहरुमा देखिने गरेको छ । यस रोगको संचरणको विषयमा अहिले धेरै कम जानकारी छ । तर केही वैज्ञानिकहरुले प्रयोग गरेर बताएका छन् कि यो रोग लामखुट्टे, टोक्ने झिङ्गा तथा किर्नाले यान्त्रिक संचरणद्वारा फैलाउँदछन् । यस बाहेक एउटा इन्जेक्सनको सिरिन्ज निडिललाई धेरै पशु्हरुमा प्रयोग गर्नाले पनि यो भाइरस संक्रमित पशुबाट स्वास्थ्य पुशमा पुग्ने गर्दछ । खुसीको कुरा त यो छ कि यो रोग मानिसमा भने हुँदैन, सर्दैैन ।

आर्थिक वर्ष ०७७–७८ बाट सुरु भएको यो रोग पहिलो वर्ष नै ८ जिल्लाको ११ पालिकामा देखिएको थियो । त्यतिखेर १ हजार ४ सय ५८ गाई र ५ वटा भैँसीमा संक्रमण भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थिया  । सो आवमा लम्की स्किन रोगका कारण १३ गाई मरेका थिए  । आव ०७८–७९ मा १६ जिल्लाका २९ पालिकामा रोगको संक्रमण फैलिएको र एक हजार आठ सय ३१ गाई र सातवटा भैँसी संक्रमित भएको प्रयोगशालामा परीक्षणपछि पुष्टि भएको थिया े । चालू आव ०७९–८० मा भने प्रयोगशालामा परीक्षण भएका ११ हजार ६५ चौपायामा यो रोग देखा परिसकेको छ  ।

सुरुमा अफ्रिकी देशमा देखिएको यो रोग बिस्तारै म्यानमार, थाइल्यान्ड, पाकिस्तान र भारत हुँदै नेपालसम्म आइपुगेको हो  । दुई वर्षअघि मोरङमा यो रोग देखिएलगत्तै रौतहट, चितवन र मकवानपुरसम्म फैलिएको थियो  । त्यतिवेला १५ सय गाईमा एकैपटक यो रोगको संक्रमण देखिएको पशु सेवा विभागको अनुसन्धानमा पाइएको थियो । तर, सरकारले रोग नियन्त्रणमा चासो नदिँदा अहिले देशभर महामारीको रूप लिएको हो ।

लम्पी स्कीन डिजिज विषाणुहरुद्वारा हुने रोग मानिन्छ । यो भाइरस पाकसविरिडेड परिवरा तथा कैप्रिपकस वंशसँग सम्बन्ध राख्दछ । यो रोग गाईहरुमा तथा एशियाली भैसीहरुमा देखिने गरेको छ । यस रोगको संचरणको विषयमा अहिले धेरै कम जानकारी छ । तर केही वैज्ञानिकहरुले प्रयोग गरेर बताएका छन् कि यो रोग लामखुट्टे, टोक्ने झिङ्गा तथा किर्नाले यान्त्रिक संचरणद्वारा फैलाउँदछन् । यस बाहेक एउटा इन्जेक्सनको सिरिन्ज निडिललाई धेरै पशु्हरुमा प्रयोग गर्नाले पनि यो भाइरस संक्रमित पशुबाट स्वास्थ्य पुशमा पुग्ने गर्दछ । खुसीको कुरा त यो छ कि यो रोग मानिसमा भने हुँदैन, सर्दैैन ।

भाइरसको प्रकृति 
लम्पी स्कीन डिजिज भाइरस एक द्वीरेशीय डिएनए भाइरस हो । यो भाइरस वातावरणमा लामो समयसम्म बाँच्न सक्दछ । यो भाइरस छालाको निर्जीव गाँठाहरुमा ३३ दिनसम्म बाँच्न सक्दछ । यो भाइरस सूर्यको प्रकाश तथा बोसो घुलनशील पदार्थ भएको डिटरजेन्टले निष्क्रिय हुन्छ । त्यसैले पशुहरुको अन्ध्यारो गोठमा यो भाइरस कैयौं महिनासम्म छालाको सुकेको पाप्रामा बाँच्न सक्दछ । यस रोगको संक्रमण दर ५–४५ प्रतिशत तथा मृत्युदर लगभग १० प्रतिशतसम्म हुन्छ । यो भाइरस संक्रमण भएको ७–२१ दिनसम्म रगतमा तथा ४२ दिनसम्म पशुको विर्यमा पाइन्छ ।

लक्षण
यस रोगमा सर्वप्रथम पशुलाइ ज्वरो आउँछ तथा पशुको शरीरको तापमान लगभग ४१ डिग्रि सेल्सियस÷१०५.८ डिग्री फरेनहाइटसम्म बढेर जान्छ । पशु लोसे हुने गर्दछ एवं दुध उत्पादन कम हुँदै जान्छ । पशुलाई भोक कम लाग्दछ एवं विस्तारै कमजोर हुँदै जान्छ । पशुको आँखा सुन्निन थाल्दछ एवं आँखाबाट पानि बग्न थाल्दछ । ¥याल अत्यधिक मात्रामा काड्ने गर्दछ । ज्वरो आएको लगभग ४८ घण्टा पछि पशुको छालामा ०.५–५ सेन्टिमिटर व्यासको गाँठाहरु देखिन थाल्दछ । यी गाँठाहरु मुख्यतः टाउको, गर्धन, खुट्टा, फाँचो, जननाङ्गहरु एवं पछाडिको खुट्टाको माथिल्लो भागमा देखिन्छन् ।

यी गाँठाहरु गोलो साह्रो तथा उठेका हुन्छन् । यी गाँठाहरुको संरचनामा छाला, छालामुनीको तन्तु एवं मांसपेशीहरु हुने गर्दछ । साना गाँठाहरु केही समयपछि ठीक हुन्छन् । ठूला गाँठाहरुको कोशिकाहरु निर्जीव भएर जान्छन् तथा त्यसमा फाइब्रोसिस हुने गर्दछ । कहिलेकाहीँ गाँठाहरुमा पिप पनि बन्ने गर्दछ । यी गाँठाहरुमा झिङ्गाले फूल पार्दा औशा परी छालाको गहिरो भागसम्म पुगी तन्तुलाई क्षति पु¥याउन सक्दछ । जसलाई मियासिस भनिन्छ ।

रोग निदान 
लक्षणहरुद्वारा रोगको निदान गर्न सकिन्छ । एलएसडी भाइरस पशुहरुको रगत, ¥याल, आँखा तथा नाकको श्राव तथा वीर्यमा प्रयोगशालामा पालिमरेज श्रृङ्खला अमिक्रिया पिसिआरद्वारा पहिचान गर्न सकिन्छ ।

रोगको उपचार
यस भाइरसउको संक्रमणको उपचारका लागि कुनै प्रभावकारी औषधि त उपलब्ध छैन तर द्वितीयक संक्रणलाई रोक्नका लागि एन्टिवायोटिक इन्जेक्सन सुन्निने प्रतिरोधक औषधि, हिस्टामिन प्रतिरोधक औषधि तथा मल्टिभिटामिनको प्रयोग गर्न सकिन्छ । छालाको गाँठा तथा घाउ धुन निम तथा करङजको तेलले धुन सललाह दिइन्छ ।

रोकथाम तथा नियन्त्रण 
यसरोगको रोकथामको लागि टिकाकराण सबैभन्दा उत्तम उपाय मानिन्छ । निदलिङग एलएसडि स्ट्रेनको जीवित निष्कृय खोप लम्पीवेकसद्वारा यस रोगबाट बचाउन सम्भव छ । केही देशहरुमा यस रोगबाट संक्रमित पशुहरुलाई बध गरी संक्रमण फैलिन नदिने गरिन्छ । यसबाहेक केही वैज्ञानिकहरुले गाई प्रजातिमा गोटपकस शीपकपसको खोप प्रयोग गरेर पनि यस रोगविरुद्ध प्रतिरोधक क्षमता विकाश गर्न सफल भएको प्राज्ञिक अभिलेख भेटिन्छ ।

यस रोगको प्रकोप कुनै क्षेत्रको पशुहरुमा देखिए पछि त्यसक्षेत्रको २५–५० किलो मिटरसम्मको क्षेत्रमा बसै पशुहरुलाई टिकाकरण गर्नुपर्ने हुन्छ एवं त्यस क्षेत्रमा पशुहरु तथा सवारी आवागमन रोग लगाउनु पर्दछ । पशुहरुमा हुने चोटपटक घाउ खटिरामा झिङ्गा भन्किन नदिन तथा औंसापरे तारपिनको तेल प्रयोग गरी निर्मूल गर्नपर्दछ । पशुको खोर गोठ नियमित सरसफाई तथा निसंक्रमण गर्नुपर्ने  हुन्छ । गोठमा सँधै घाम तथा हावाको उचित निकाससँगै सुख्खा राख्नु पर्दछ ।

यदि बथानमा कुनै नयाँ पशु ल्याएमा १४ दिनसम्म अरु पशुहरु भन्दा भिन्दै राख्नु पर्दछ । जुन देशहरुमा यो रोग देखापरेको छ त्यस देशहरुबाट पशु उत्पादनहरु आयातमा प्रतिवन्ध लगाउनु पर्दछ । पशुको मृत्यु भएमा पशुलाई उचित प्रकार किटाणुनाशक विधिद्वारा गाड्नु पर्दछ । साथै मृत पशुको छेउछाउको ठाउँलाई पानी राम्रोसित सरसफाई गरी निसंक्रमण गरिनु पर्दछ ।

र अन्त्यमा 
यस रोगमा पशुमा हुने कमजोरी दुध उत्पादनमा हुने ह्रास, पारवाहन एवं खनजोत गर्ने शक्तिमा हुने ह्रास, प्रजनन अक्षमता, द्वितीयक संक्रमण जिवाणुका कारण हुने मृत्युले कृषका लागि धेरै ठूलो आर्थिक नोक्सानी हुने त गर्दछ । तर पनि यस रोगको दुरुत लक्षण पहिचान गरी उचित सहयोगी उपचार सेवा एवं रोकथामका उपाय दुरुस्त रुपमा गर्ने हो भने रोग फैलिन मात्र हैन रोगबाट हुने क्षति न्यूनिकरण गर्न सकिन्छ । तर भन्न सकिन्न, मानव समुदायमा विगत ४ पात्रो बर्षदेखि देखिएको कोभिड–१९ को उपचार एवं रोकथामको लागि हाम्रो व्यवस्थापकीय क्षमता दक्षता प्रभावकारीता हेर्दा पशुजन्य रोग बारे आशावादी हुने ठाँउ धेरै थोरै छ । अझ यो रोगको संक्रमणपछि बाँचेका बथानमा देखिने जटीलताबारे कति सचेत छौँ ? यक्ष कुरा यति हो ।

डा. केदार कार्की हलो खवरबाट