चाँगुनारायण नगरपालिकाले कृषक आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने

55

भक्तपुर । चाँगुनारायण नगरपालिकाले कृषक आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रमा नै कार्यक्रम सञ्चालन गर्ने गरी नगरपालिकाले सूचना जारी गरेको छ । कृषक आत्मनिर्भर कार्यक्रममा सहभागि हुनका लागि नगरपालिकामा २०८० जेठ ८ गतेसम्म निवेदन दिन हुन नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत तरकारी उत्पादन र बजारीकरणका लागि संभाव्य वस्तुहरुको पहिचान गरी यस कार्यक्रममा सहभािग हुने कृषि सहकारी कृषक समूह कृषि फामसँग सहरी क्षेत्र लक्षित तरकारी उत्पादन अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै कार्यक्रममा सहभागि हुने प्रत्येक कृषकले तरकारी खेतीको गरिने क्षेत्रफल उत्पादनको लक्ष्य सहित सहभागि हुनुपर्नेछ । तकारी खेती क्षेत्रफल विस्तारमा नयाँ सहभागि हुने कृषकहरुलाई मौसमी तरकारी उत्पादनका लागि प्रति रोपनी रु १५०० का दरले र बेमौसी तरकारी खेती गर्ने कृषकहरुलाई दुई हजारका दरले तरकारी सकेपछि क्षेत्रफल एकिन गरी प्रोत्सान अनुदान प्रदान गर्न सकिने सचनामा उल्लेख गरिएको छ ।
त्यस्तै पोलिहाउसमा तरकारी खेती गर्ने कृषकलाई स्थानीय प्रविधिमा आधारित प्रति वर्ग मिटर संरक्षित संरचनाको लागि रु १३० निर्माण पश्चात नाँपजाँच गरी कृषकको खातामा प्रदान गरिने, कृषि औजार ५० प्रतिशत अनुदानमा टेक्टर तथा आलू हार्वेष्ट्ङ्गि गर्ने औजार वितरण गर्ने आलू आत्मनिर्भर कार्यक्रम अन्तर्गत व्यावसायिक रुपमा आलु उत्पादन गर्दै गरेका कृषकहरुलाई प्रोत्सान गर्ने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।