रसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’

काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार...

अक्षरा स्कुलमा `जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त-विज्ञानबीच संवाद´ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका-९, काँडाघारी स्थित अक्षरा स्कुलमा २०८१ मङ्सिर ८-९,  मा हुने वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने भएकाे छ ।  श्री चैतन्य सारस्वत संस्थान, नृसिंहपल्ली, नवद्वीप धाम, WB,...

मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान

काठमाडौं । यसवर्षको रुद्रलालमुल्मीसमाजसेवा पुरस्कार बंगलादेशकीमानवअधिकार योद्धा तथामुक्तिआन्दोलनकी नेतृ सुल्तानाकमललाई दिइएको छ । छत्रलक्ष्मी–रुद्रलालमुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानवअधिकारकाअध्यक्षतपबहादुर मगरले सो पुरस्कार सुल्तानाकमललाई प्रदान गरेकाथिए । नेपालकाअग्रज समाजसेवीतथागान्धीप्रचारक मुल्मीले ७दशकभन्दा बढी समय सामाजिककार्यमाविताएकाथिए । प्रजातान्त्रिकआन्दोलनकाअगुवा...

कोन्ज्योसोममा २४ गतेदेखि सामाजिक सुरक्षाा भत्ता वितरण हुँदै

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता असोज २४ गतेदेखि वितरण गर्ने भएको छ । सानिमा बैंक लिमिटेड कोन्ज्योसोम शाखामार्फत सम्बन्धित वडा कार्यालयहरुमा नै भत्ता वितरण गरिने भएको...

मानिसको आवतजावतका लागि आजदेखि तातोपानी नाका खुल्ने, सिन्धुपाल्चोकका स्थानीयले एक वर्ष अवधिको पास पाउने

काठमाडौं। चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्न लागेको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण...

बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड

काठमाडौँ । एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ । अर्थ मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ ले स्रोत उपलब्धताका...

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

काठमाडौँ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यस वर्ष यो...

रिकभरी समूहका युवाका लागि एक महिने महिने पेन्टिङ तालिम थालनी 

हेटौँडा ।  हेटौँडा ५ मा रहेको मकवानपुर रिकभरिङ समूहका युवाहरूका लागि एक महिने पेन्टिङ तालिमको थालनी भएको छ ।  हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तालिम थालनीको उद्घाटन गरेकी हुन्। रिकभरिङ समूहका महासचिव सन्दीप शाक्यले काम...

जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जाजरकोट सहित आसपासका जिल्लामा समेत महसूस...

परोपकारिताको क्षेत्रमा हेड्स नेपाल थप सक्रिय हुने

सामाजिक सेवा दिवसको अवसर पारेर आज परोपकारी संस्था हेड्स नेपालले ३१ औ बार्षिक साधारण सभा, अन्तरक्रिया कार्यक्रम र स्वास्थ्य प्रवर्धन कार्यक्रम काठमाडौँको ढुंगेधारामा सञ्चालन गरेको छ । कार्यक्रममा अभिभावकहरु, संस्थाका सदस्यहरु र समाजका अगुवाहरुको सहभागिता रहेको महासचिव दिव्यराज पौडेलले जानकारी दिनुभयो । साधारण सभाको समुद्घाटन गर्दै पूर्व प्रधानमन्त्री, डा. बाबुराम भट्टराईले स्वास्थ्य, शिक्षा, कृषि र विपद जस्ता क्षेत्रमा संस्थाले पुर्याएको योगदानको सह्राना गर्दै सरकारले गर्नुपर्ने काम कुनै एक संस्था एक्लैले गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ः राज्य संयन्त्रले नै सामाजिक आवश्यकाता परिपूर्ति गर्नुपर्दछ, संस्थाहरुले त सहयोग गर्ने मात्रै हो । डा.  भट्टराईले  हेड्स विशेष स्मारिकाको लोकार्पण पनि गर्नुभयो । कार्यक्रममा पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक दल र नेताहरुले सुशासनको प्रत्याभूति दिनुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका यूवाहरुले  जलबायू परिवर्तनसँगै वढ्ने तापमानको अवस्थामा अभिभावकहरुले गर्नुपर्ने सावधानीको लागि भूभिका प्रदर्शन गरेका थिए । मानव सेवा आश्रम, मानवता महाअभियानका रामजी अधिकारी, त्रिभुवन विश्वविद्यालय, आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. राम आधार यादव, निवर्तमान अध्यक्ष इश्वर चन्द बानियाँ, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल लगायतले स्वास्थ्य, शिक्षा तथा समाजसेवाका विविध आयाममा चर्चा गर्नुभएको थियो । समाजसेवामा संस्थामार्फत् योगदान दिनुहुने इन्द्र प्रसाद पोखरेल, कृष्ण कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र विष्णु गौतमलाई सम्मान गरिएको थियो । शिक्षा, स्वास्थ्य, कृषि र विपद्को क्षेत्रमा सक्रिय हेड्स नेपालले सामुहिक सङ्कल्प र स्रोत व्यवस्थापनले परोपकारिताको अभिलाषालाई परिपूर्ति सकिन्छ भन्ने विश्वास राखेको महासचिव पौडेलले जानकारी दिनुभयो । गतिशील संगठन, आर्थिक दिगोपन र सहकार्यमा आधारित परोपकारिताको सोँचबाट संस्थाले प्रथम पञ्चबर्षीय योजना सार्वजनिक गरेको छ ।  योजना मुताविक संस्थाले परोपकारिताको क्षेत्रमा स्थानीय निकायसँग सहकार्य गर्ने भएको छ ।