प्रदेशमा भक्तपुरवाट नेकपा एमालेकी एक्ली समानुपातिक उम्मेदवार को हुन् सरस्वती बाटी

495

नेपाली राजनीतिमा थोरैमात्र महिला राजनीतिक कार्यकर्ताको रुपमा सक्रिय रहँदै आएका छन् । महिला भनेपछि घरभित्रको काम गर्ने र बाहिर काम गर्न जानु एक अपराधका रुपमा लिने नेपाली समाजका कारण आजसम्म पनि महिला राजनैतिक रुपमा पिछडिन वाध्य रहेको हाम्रो सामु यथावत् छ । वर्तमान समयमा यो विडम्वनाको कुरा बनेको छ ।

आजको नेपाली समाज र पार्टीहरुम्मा महिलालाई स्थान नदिने र स्थान दिइहाले पनि कोटा पु¥याउने नाउँमा मात्र सिमित गरेको हामीले देखेका छौं । यसैले धेरै ठाउँमा उनीहरुको उपस्थिति न्यून प्राय छ भन्दा फरक नपर्ने स्थिति छ । नेपालको सन्दर्भमा भन्नुपर्दा राजाको एक छत्र शासन अवस्था रहेको पञ्चायती राज्य व्यवस्था हँदा त महिला राजनैतिक कार्यकर्ता भनेपछि छिछी र दूरदूर गदै यस्ती आइमाई उस्ती भनी कुरा काट्ने समय थियो । नेपाली समाजमा आजसम्म पनि पोथी बासेको र गधा हाँसेको राम्रो हँदैन भन्ने उखानबाट नै महिलाको अवस्था राजनितिमा कस्तो रहेको छ भन्ने छर्लङ्ग हुन्छ । जुन रुपमा नेपालमा परिवर्तन आएको छ, त्यसमा निसन्देह महिलाहरुको भूमिका पनि कम्ताको छैन तरपनि महिलालाई राज्यले नै उपेक्षा गरिरहेको छ । आधा आकाश ढाक्ने महिलामाथिको यो बेथिति अन्त्य हुन सकेको छैन ।

नेपाली समाजमा महिला राजनैतिक कार्यकर्ताको हैसियत सा¥है दयनीय अवस्था रहे पनि आफ्नो आँट र महिलाका लागि महिलाले नै केही नगरी हुन्न भन्ने भावनाका साथ राजनितिमा लाग्ने महिलाको संख्या औलामा गन्न सकिने मध्येका एक महिला हुन्, सरस्वती बाटी । आफ्नो जीवनको लामो समय राजनितिमा विताएकी बाटी हाल घर न घाटकी आवस्थामा रहँदा पनि आफ्नो कार्यबाट कतै विचलित हुनहुन्न । लामो समय राजनितिमा सक्रिय रहेकी बाटी विक्रम सम्वत २०२२ साल मंसिर २ गते भक्तपुरको टेखापुखुमा जन्मनु भएको हो । कक्षा आठमा अध्ययन गर्दै रहँदा तात्कालिन नेकपा एमालेको भ्रातृ सङगठन अनेरास्ववियूमा २०३५ सालदेिख आवद्ध रही समाज उत्थानका लागि लड्दै आएकी उहाँ हालसम्म पनि राजनीतिमा सक्रिय छिन् ।

२०३५ सालमा कक्षा आठमा अध्ययन गर्दै रहँदा परीक्षाको लागि फोटो खिच्न राजाराम रञ्जितको फोटो स्टुडियो जाँदा उहाँले भनेका कुराबाट प्रभावित भई बाटी राजनैतिक जीवनमा प्रवेश गर्नुभएकी थिइन् । काठमाडौंको मानिस भक्तपुरमा आएर आफ्नो फोटो स्टुडियो सञ्चालन गरी वस्नु भएको उहाँ विभिन्न कम्युनिष्ट विचारधाराका विषयमा वहस गर्ने र नयाँ राजनैतिक कार्यकर्तालाई प्रशिक्षण दिने कार्य गर्नुहुन्थ्यो । उहाँको उक्त प्रेरणका कारण बाटी कक्षा ८ देखि नै राजनीतिमा प्रवेश गर्नुभयो ।

त्यो बेला उहाँले अनेस्ववियूको प्रारम्भिक कमिटीमा रही कार्य थालनी गर्नुभएको थियो । बाटी तत्कालीन मालेको संकल्प परिवारको मातहातमा जनगीति समूहमा संलग्न सांस्कृतिक फाँटमा आवद्ध हुनुभयो र विभिन्न स्थानमा पञ्चायतको विरोधमा कार्यक्रमहरुमा पनि संलग्न रहनु भयो । एक त महिला त्यो पनि विद्यालय जीवनदेखि नै राजनैतिक कार्यकर्ताका रुपमा हिँड्दा उहाँमाथि विभिन्न बाधा व्यवधान नआएका भने हैन् । यसको कुनै वास्ता नै नगर्दै उहाँ उक्त समयमा साँस्कृतिक फाँटका माध्यमले तत्कालिन पञ्चायती ब्यवस्थाको विरोध गर्दै सङ्गठन विस्तारको कार्यमा लागी पर्नु भएको थियो ।

जब भारतमा इन्दिरा गान्धिको हत्या भयो त्यस समय नेपालमा परिस्थिति अझ नराम्रो भएको थियो । उहाँसँगै पार्टीका अन्य व्यक्तिहरु ललितपुरमा आफ्नो सङ्गठन विस्तारका लागि जनगीति समूहको मातहतमा गीत गाउन एवं जनतामा पञ्चायत विरोधमा एक जुट गराउने कार्यक्रम गरिरहँदा उक्त समयका जनगीति समुहका हरिशचन्द्र कारञ्जितकार , राजाराम रञ्जितलगायत सवै पुरुष साथीहरुलाई प्रहरीले पक्राउ गरी ६ महिना जेल हाल्यो उक्त समयमा जनगिती समूहलाई बचाउने एवं यसका मातहतमा कार्यक्रम गर्ने पूरै जिम्मा बाटीको काँधमा आएको थियो । आफ्को काँधमा एक्कासी ठुलो बोझ आएपनि उहाँ त्यस समय नआत्तीकन सङगठन विस्तारको कार्यमा भने सक्रिय रहनुभयो ।

२०३८ सालको एसएलसी परीक्षा उत्तीर्ण भएपछि भने उहाँले कलेजमा आफ्नै राजनैतिक संङगठन विस्तार गर्ने कार्यका साथै २०३९ सालको स्ववियु निर्वाचनमा आफ्नो उम्मेदवारी दिएर नारीले आफ्नो हकका लागि आफै अघि सर्नु पर्दछ भन्दै विद्यार्थी राजनितीलाई अगाडि बढाउनु भएको थियो । भक्तपुर क्याम्पसमा महिला कार्यकर्ताले पार्टी विस्तार गरेको देखेर उक्त समय नेविसंघका केहीले उनलाई ‘अखिले विषकन्या’ भनेर नामाकरण गरेका थिए । एकातिर स्ववियुमा उम्मेदवारी दिएको दिनदेखि आफ्नो घरमा नै आएर केही विद्यार्थी सङ्गठनका नेताहरुले आफूलाई उम्मेदवारी फिर्ता गर्न दबाब दिएपनि उहाँले यस्ता कुरालाई वास्ता नगरी आफ्नो सङ्गठन विस्तारका लागि गाउँ गाउँ जाने कार्यलाई निरन्तरता दिनुभयो । एकातिर क्याम्पसमा ‘अखिले विषकन्या’ भनि होच्याउने , अर्कोतिर पञ्चायती व्यवस्था भएका कारण पञ्चायतको विरोधमा सङ्गठन गर्दै हिँडेका कारण जाँसुसहरु पछि लाग्ने । यसलै त्यो समयमा महिला कार्यकर्ताहरुले ठूलो मानसिक तनाव पनि झेल्नु पर्दथ्यो ।

आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो नर्स बन्ने सपनालाई सपनामा नै थाँती राख्दे उहाँ अन्य ४ महिला साथीहरुसँग गाउँगाउँमा राजनैतिक गीत गाउँदै सङ्गठन विस्तार गर्न जानुभयो । २०४८ साल सम्म निरन्तर रुपमा अनेरास्ववियु भक्तपुर नगर कमिटीमा सक्रिय रहँदै अनेमसंघ सांस्कृतिक फाँटमा पनि सक्रिय रहनु भएको थियो । आफ्नो लामो समय सम्मको राजनैतिक अनुभवका कारण भक्तपुर जिल्ला स्तरीय अनेमसंघ भेला आयोजक समितिको संयोजक भई आफ्नै नेतृत्वमा प्रथम जिल्ला सम्मेलन सफल बनाउन उहाँले ठूलो योगदान दिनुभएको थियो । उक्त सम्मेलनमार्फत उहाँ भक्तपुर जिल्ला अनेमसंघकी पहिलो अध्यक्ष हुन सम्म सफल हुन भएको थियो । उहाँले २०५६ साल सम्म आफनै अध्यक्षतामा अनेमसघं भक्तपुर जिल्ला समितिलाई नेतृत्व प्रदान गर्नुभएको थियो ।

उहाँको सङगठनप्रतिको लगाव अनि त्याग एवं तपस्याको मुल्यांकन गर्दै नेकपा एमालेले उहाँलाई आफ्नो पाटीका तर्फबाट २०४९ सालमा भक्तपुर नगरपालिकाको उपमेयर पदमा उम्मेदवारका रुपमा खडा गरेको थियो ।

उहाँ पार्टीको पाँचौं र छैठौं महाधिवेशनमा भक्तपुरबाट प्रतिनिधीका रुपमा सम्मेलनमा भाग लिनु भएको थियो जुन समयमा आफुले केन्द्रिय सदस्यका लागि नाम दर्ता गर्दा फिर्ता लिन लगाएका कारण भक्तपुर जिल्ला केन्द्रिय तहका लागि २० वर्ष पछाडी परेको थियो । यसका साथै उहाँ २०४९ साल सम्पन्न अनेमसंघ राष्टिय सम्मेलबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित एवं बागमती अञ्चल सचिवमा मनोनित हुन भएपछि उहाँको राजनैतिक जीवनले अझ सशक्तता पाएको छ ।। यसपछि उहाँ अनेमसंघमा नै निरन्तर सक्रिय एवं विभिन्न सथानमा सङ्गठन विस्तारका कार्यमा सक्रिय रहनु भएको थियो । उहाँले २०५५ सालमा सम्पन्न अनेमसंघ राष्ट्रिय सम्मेलनमा केन्द्रिय सदस्य एवं उपत्यका संयोजन समेत भएर कार्य गरी सक्नु भएको छ । उहाँको सक्रियताको उच्च मुल्याङकन गर्दै पार्टीले उहाँलाई २०५६ सालको आम निर्वाचनमा भक्तपुर जिल्ला क्षेत्र नम्वर १ मा उम्मेदवारका रुपमा खडा गरेको थियो ।

यसपश्चात् उहाँले २०५८ सालमा पार्टीको नगर समन्वय कमिटीमा विभिन्न पटक सचिव भएर कार्य गर्नु भयो । साथै उहाँले २०४९ साल देखि २०६८ सालसम्म पार्टीको जिल्ला कमिटिमा रहनु भएका कारण २०६८ सालमा पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्मा मनोनित भएर राष्ट्रिय प्रतिनिधि परिषद्मा भाग लिनुका साथै उहाँ उक्त परिषद्का माध्यमवाट उपत्यका विशेष समन्वय कमितिको सदस्य भई कार्य गरी रहनुभएको छ ।

आफ्नो जिवन राजनितीमा मात्र सिमित राखी अविवाहित रहनु भएकी बाटी २०७० सालको संविधान सभामा भक्तपुर जिल्लाको समानुपातिक उम्मेदवार रहनु भएकी थियो ।
हाल उहाँ प्रदेश नम्वर ३ मा नेकपा एमाले वाट समानुपातिक उम्मेदवार रहनु भएको छ ।