पदालीस्थित शहरी स्वास्थ्य केन्द्र चाँडै सञ्चालनमा आउने

8

चाँगुनारायण, भक्तपुर – चाँगुनारायण नगरपालिका–७, पदालीस्थित शहरी स्वास्थ्य केन्द्रको सेवा सञ्चालनका लागि अन्तिम तयारी पूरा भएको छ। अब केही दिनमै केन्द्र औपचारिक रूपमा सञ्चालनमा आउने जानकारी चाँगुनारायण न.पा.वडा नं. ७ का नगर सदस्य श्याम काजी नयाँजुले जानकारी गराउनुभएको छ ।

यस स्वास्थ्य केन्द्रका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा औषधि आपूर्तिको तयारी लगभग पूरा भइसकेको छ। स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले सुविधाजनक रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले गुणस्तरीय तथा पहुँचयुक्त स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउँदै आवश्यक सम्पूर्ण व्यवस्थापनको समन्वय गरिरहेको छ। स्थानीय समुदायलाई सहज उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित केन्द्र सञ्चालनको तयारी गरिएको नगरपालिकाले जनाएको छ।