बेबिलोनमा तवला र बाँसुरीको वाद्यवादन प्रस्तुति

काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसरमा वरिष्ठ तवलावादक प्रा.अच्युतराम भण्डारीको नेतृत्वमा रहेको वाद्यवादन टोलीले राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा एक शास्त्रीय वाद्यवादन कार्यक्रम आयोजना गर्यो । तवला, सितार, सरोद र तानपुरासहितको वाद्यवादन समुहले रागवसन्तमा...

काव्य जन्मदिन कोषबाट खोटाङ्गको विद्यालयलाई विज्ञान प्रयोगशालासामग्री

काठमाडौं । नयाँबानेश्वरको काव्य स्कुलमा अध्ययनरत विद्यार्थीहरुको जन्मदिन कोषमा जम्मा भएको रकमबाट खोटाङ्ग जिल्लाको ऐंसेलुखर्कमा रहेको सामुदायीक विद्यालय त्रिभुवन माविको विज्ञान प्रयोगशालाको लागि आवश्यक सामाग्री प्रदान गरिएको छ । काव्य जन्मदिन कोषका अध्यक्ष एवम् विद्यालयका संस्थापक...

नातागोताले खान्छन् जागिर : ३१ जोडी श्रीमान्-श्रीमती एउटै सरकारी कार्यालयमा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीको विवरण केलाउँदा थाहा हुन्छ– यो सरकारी कार्यालयमा सीमित परिवारका सदस्यहरूको हालीमुहाली छ ।   प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र साह...

वाल सारथीका ७६ विद्यार्थीलाई जुत्तामोजा उपहार, राजधानीकै विद्यार्थी चप्पलको भरमा

काठमाडौं । राजधानीकै नीजि विद्यालयमा पढ्ने विद्यार्थी जुत्ता नभएर चप्पलको भरमा विद्यालय जान्छन भन्ने सुन्दा अचम्म लाग्छ । मंसीर र पुस महिनाको कठ्यांग्रिदो जाडोमा चप्पलको भरमा तिनीहरु कसरी विद्यालय गए होलान,सम्झिँदा पनि काम छुट्छ...

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न...

‘भूत आयो’ भन्दै छात्रा बेहोस हुँदा पढाइ प्रभावित

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका २ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका छात्रा कक्षाकोठामै बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यालयमा दैनिक ६ देखि १० जनासम्म छात्रा बेहोस हुने गरेको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए...

कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङमा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा पहिलो पटक ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रणालीलाई अनुशरण गर्दै बोर्डले विद्यार्थीको प्राप्ताङ्क अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन...

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक...

ग्रेडिङ प्रणाली टुंगो नलाग्दा ११ को रिजल्ट निस्केन

काठमाडौं : कक्षा ११ को परीक्षा सकिएको ७ महिना बित्न लाग्दा पनि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणालीको टुंगो लगाउन नसक्दा कक्षा ११ को परीक्षाफल प्रकाशन हुन सकेको छैन। बर्सेनि परीक्षापछि लामो समय...

अपांगतामैत्री छैनन् स्कुल

काठमाडौं : काभ्रे, महादेवस्थानस्थित कालीदेवी प्राविको भवन दुई वर्षअघिको भूकम्पले भत्काएपछि एसियाली विकास बैंकको सहयोगमा भर्खरै सुविधासम्पन्न भवन बनेको छ । तीन करोड लागतमा बनेको भवनमा अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आवतजावत गर्न र्‍याम्प...