माइती नेपालले शुरु गर्यो चेलीवेटी खोज्ने ‘मोवाइल एप’

468

अमेरिकी नाउट्रिकिट कम्पनीकोे १० करोडको सफ्टवेयर उपहार

बलराम प्यासी
काठमाडौं । विभिन्न कारणबाट हराएका, देहव्यापार, वेश्यावृत्ति र मानव वेचविखनमा परेका पीडितहरुको तत्काल खोजीका लागि माइती नेपालले शुक्रबारदेखि नेपालमै पहिलोपटक खोजी मोवाइल एप (एप्लिकेशन) शुरु गरेको छ ।
सो एपबाट नेपालका जुनसुकै सीामा नाकाबाट भारत या तेस्रो मुलुकमा गैरकानुनीरुपमा जानलागेका र वेचविखन हुनलागेका वालवालिका र चेलीवेटी तुरुन्त पत्ता लाग्ने छ ।
अमेरिकामा सुरक्षासम्वन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी नाउट्रिकिट इन्क.कम्पनी ९ल्यधतचपष्त।क्ष्लअ।० ले माइती नेपाललाई खोजी मोवाइल एप जडान गरिएको २५ वटा फोरजि मोवाइल सहित त्यसमा आवश्यक पर्ने सफ्टवेयर र सर्भर उपलब्ध गराएपछि हराएका चेलीवेटी खोज्ने कार्य सहज हुने भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सफ्टवेयर सहितको सो खोजी मोवाइल एपको मुल्य करीव १ मिलियन अमेरीकी डलर अर्थात १० करोड नेपाली रुपैयाँ बराबर भएको नाउट्रिकिट इन्क.कम्पनीका प्रवन्ध निर्देशक प्रमुख कार्यकारी अधिकृत समिर पन्थीले बताए ।
आफु नेपाली भएको र माइती नेपालले नेपालमा विगत २५ वर्षदेखि मानव वेचविखनविरुद्ध सक्रियरुपमा काम गर्दै भारतलगायत तेस्रो मुलुकमा वेचिन लागेका र वेचिएका सयौं चेलीवेटीको उद्धार गरेको हुनाले आफुले निःशुल्क रुपमा माइती नेपाललाई सो खोजी मोवाइल एप उपहार दिएको बताए ।
‘यो एप प्रयोगमा ल्याउने माइती नेपाल नै नेपालको पहिलो संस्था हो’, पन्थीले भने । यसबाट भविष्यमा हराएका वालवालिका र चेलीवेटी समयमै पत्ता लगाउन र उनीहरुलाई वेचविखनका लागि लैजाने अपराधीहरुलाई पक्रिन सजिलो हुने पनि उनले बतँए ।
‘कृतिम जासुस’ नामाकरण गरिएको सो मोवाइल एपबाट नेपालका विभिन्न नाका हुँदै भारत प्रवेश गर्न लागेका महिला, युवती तथा किशोरीका साथै मानव वेचविखनमा परेका केटाकेटीको तत्कालै पत्ता लाग्ने बताइएको छ । नेपालको कुनैपनि ठाउँबाट हराएर भारत छिर्न लागेका त्यस्ता व्यक्ति मात्रै होइन, मानव वेचविखनमा संलग्न अपराधिहरुलाई पन सोही मोवाइल एपबाट पक्रिन सकिने माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले बताए ।
त्यसो त विभिन्न ठाउँबाट केटाकेटी, किशोरी, युवती हुन या महिला हराएमा सबैभन्दा पहिला प्रहरी चौकीमा उजुरी गर्नुपर्ने भएतापनि पछिल्लो समयमा पीडितको परिवारले प्रहरीलाई भन्दा माइती नेपालसमक्ष गुनासो गर्न थालेकोले हराएका त्यस्ता व्यक्ति खोज्न मोवाइल एपबाट सजिलो हुने माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले बताइन् ।
नेपाल र भारतको सीामा जोडिएक विभिन्न १४ वटा नाकामा माइती नेपालको खोजी कार्यालय रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक खड्काले ती कार्यालयमा काम गर्ने कर्मचारी र स्वयमसेवकलाई एकएकवटा खोजी मोवाइल दिने र त्यहाँबाट सूचना संकलन गरिने बताए ।
नेपाल भारत सीमा नाकामा काम गर्ने माइती नेपालका कर्मचारी र स्वयमसेवकले सो मोवाइलबाट सीमापार गर्न लागेका त्यस्ता शंकास्पद व्यक्तिको तस्वीर खिचेपछि तत्काल माइती नेपालको केन्द्रीय कार्यालयमा रहेको सर्भरमा सूचना आउने र हराएको व्यक्ति तुरुन्तै पत्ता लाग्ने पन्थीका साथै माइती नेपालकी अध्यक्ष कोइरालाले दावी गरीन् ।
हराएका व्यक्तिको लागि दिइने कागजी उजुरीलाई कटौती गरि इन्टरनेटमा आधारित सो मोवाइल एपबाट सूचना तत्काल पाइने व्यवस्था छ । सो को लागि माइती नेपाल र अमेरिकाको नाउट्रिकिट इन्क.कम्पनीवीच सो एप सञ्चालन गर्ने विषयमा तीनवर्षे सम्झौता पनि भएको छ ।