सन्दर्भ मानव अधिकार दिवस : न्याय, सुरक्षा र मानव अधिकार कता तिर

305

० कृष्ण प्रजापति
संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मानव अधिकारका अवधारणा सार्वजनिक गरेको दिन १० डिसेम्बरको दिन नेपालमा पनि ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न रुपमा मनाइदैछ। साधारण जनतालाई स्वत्त प्राप्त हुने वा मानव हुनुको नाताले प्राकृतिक रुपमा कसैले बाधा नपु¥याइकनै प्राप्त हुने अधिकार मानव अधिकार हो । प्राकृतिक चीज माथि सबैको समान अवसर कायम हुने गर्दछ । घाम, पानी, हावा, माटो जस्ता चीजमा धर्तीमा मानव जन्म हुने बिटिक्कै प्राप्त हुनुपर्ने अधिकार हो । त्यसलाई परिभाषित गर्ने र ब्याख्या गर्ने कार्य मात्रै राष्ट्र संघको विभिन्न निकायहरुले पछि मात्रै गरेको हो । यस हिसावले मानिस जन्मे पछि प्राप्त भएको खाने, लाउने, स्वास फेर्ने अर्थात् बाँच्न पाउने अधिकार मानव अधिकार हो ।
थुप्रै मानिसमा नकारात्मक सोचको पनि विकास भएको हुन्छ । आफू मात्रै खाने, आफू मात्रै लाउने र आफू मात्रै बाँच्ने भन्ने स्वार्थ पनि हुने गर्दछ । यसैले अरुलाई बिगार्ने हो । अनि हत्या, हिंसा र बलात्कारका घटना दोहो¥याई तेह¥याई हुने कारण पनि यही नै हो । कुनै बखत जन्तु जनावर झैं मानिस घुमन्ते प्राणीको रुपमा रहँदा खान पाएपछि वा लाउन पाएपछि नै पुग्छ भन्ने महसुस भएको थियो । आज जग्गा जमीनको अभाव सुरु भै सक्दो आफ्नो जग्गा बढाउने, अरुको जग्गा आफूले मिच्ने वा किनेर पनि उपभोग गर्ने जस्ता स्वार्थी प्रबृत्तिले स्थान ओगट्न थाल्यो । यही क्रममा नै शासन, प्रशासन र सरकारको आवश्यकता महसुस हुने गरेको हो । त्यसैले नागरिक समाजलाई सुनाउनु पर्ने विभिन्न खालका कुरा सुनाउनका लागि पनि विभिन्न खालका बन्दोबस्त गर्नुपर्ने दायित्व राज्यसंग आइप¥यो । यहीं क्रममा न्याय, अन्याय, भ्रष्टाचार र सदाचारको कुरा अगाडि देखाप¥यो ।
न्यायको परिभाषा व्यापक छ । शान्त, सौम्य तरिकाबाट बस्न पाउने वातावरण तयार पार्नको लागि प्रयास गर्न सके बास्तविक न्याय पाउन सकिन्छ । अरुलाई बिगार्ने, अरुको सम्पत्ति लुट्ने अनि अरुप्रति नराम्रो दृष्टिकोणले हेर्ने अन्याय हो । आज ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहेको दिनमा समेत देशमा बलात्कारको समाचार व्यापक रुपमा अगाडि आइरहेको बखत यहाँ न्याय भन्ने चीज एकातिर, सुरक्षा अर्कैतिर र मानव अधिकार त यता न उता परिरहेको अवस्था छ । जब सम्म यहाँ समानताको विकास हुँदैन न्याय पनि त्यति सजिलो आउँदैन ।
प्रत्येक मानिसको सामाजिक प्रशन्नता नै न्याय हो । न्याय भन्ने चीज शासन व्यवस्थाको सर्वोच्च उपलब्धी नै हो । भयरहित वातावरणमा आफू पनि रहने र अरुलाई पनि राख्ने काम नै शान्ति र न्याय हो । मसान शान्ति कायम भएर शान्ति प्राप्त हुँदैन । सारमा भन्नु पर्दा आधारभूत आवश्यकता सहितको मर्यादित जीवन जिउन पाउनु नै मानव अधिकार हो । तर आज यस खालको वातावरण कायम हुन सकेको छैन । निर्मला पन्तको हत्यारा पत्ता लाग्यो भनी हल्ला खल्ला गर्ने गरेको छ । दिनहुँ जस्तो अन्यत्र अर्कै निर्मला पन्तहरुको हत्या र बलात्कारको श्रृंखला कायम नै छ । आज आफू सक्षम हुन नसकेकै कारण न्याय माग्ने गएको व्यक्ति आफू झन अन्यायमा परेको उदाहरणहरु धेरै छन् । निरिह व्यक्तिको सेवा गरी कमजोर व्यक्तिलाई सेवा तेवा पु¥याई अगाडि बढाउनु नै न्याय हो । तर हामीकहाँ यस प्रकारको चलन अगाडि आउन सकिरहेको छैन । त्यस खालको वातावरण तयार पार्ने काम पनि हुन सकिरहेको छैन । त्यसैले पनि यहाँ न्याय एकातिर, सुरक्षा र सुरक्षाकर्मि अर्कातिर र मानव अधिकारको वातावरण पनि भताभुंगको स्थितिमा रहेको । सोच परिवर्तन नभै यो सम्भव हुन्न ।
न्याय सम्पादनको एक प्रमुख अंग प्रहरी प्रशासन हो । तर आज हेर्ने हो भने प्रहरी प्रशासन भित्रै पनि अन्याय गर्ने र न्यायको खिलापमा रकममा काम गर्ने मानिसहरु लुकिरहेका छन् । होइन भने राज्यले निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धानमा खटाइएका प्रहरी अधिकृतहरुको बखास्त गर्नुपर्ने स्थिति आउने थिएन । प्रहरीले साना तिना काम सफल हुने बेलामा पत्रकार सम्मेलन गरी तीललाई पहाड बनाएर आफ्नो कुरा प्रचार गर्दछ । तर भित्र भित्र जति सुकै ठूल ठूला अपराधी र अन्याय गर्ने मानिसहरु पंक्ति लागेर काम गरिरहेको भएपनि हो न हो गरी मामला समाप्त गर्ने खालका व्यक्तिहरुको प्रहरी प्रशासनमा हावी भएको देखिन्छ । यस्तो स्थिति रहेसम्म न्याय, सुरक्षा र मानव अधिकारको अनुभूति गर्ने समय नै आउने छैन । यो सामाजिक समस्याको रुपमा रही रहेको छ । यसको लागि समाजले पूर्ण रुपमा सभ्य नागरिक तयार गर्न नसकुञ्जेल सम्भव नै छैन ।
आफ्नो जीवनमा के कस्तो गल्ती गरेका छौं र आफूलै अरुलाई अन्याय गरेको छ कि छैन भनी मनमनै विचार गरी पाइला अगाडि सार्न सकेको खण्डमा मात्रै न्याय, सुरक्षा र मानव अधिकारको कुरा कागजमै मात्रै सीमित हुने गर्दछ । विश्वास र अविश्वासको कारणले गर्दा नै मानव अधिकारको कुरा यता न उता पर्ने हो । आज विश्वास लठालिंगको स्थितिमा रहेको छ । अरुलाई विश्वास गर्न योग्य नभएसम्म कसरी आफू सुरक्षित छु भन्ने महसुस गर्ने ? मामाले भान्जी नभन्ने, बुबाले छोरी नभन्ने यो समयमा कसले कसलाई विश्वास दिन सकिन्छ र ? न्याय दिने वातावरण नहुनुको कारण के हो ? यहाँ न्याय र सुरक्षा सुरु हुन्छ भन्ने के गर्दा हुन्छ भन्ने अध्ययन गरी त्यस प्रकारको वातावरण तयार गरी सर्वसाधारण व्यक्तिहरुलाई अनुभूति गराउन सकेको खण्डमा मात्रै नेपालमा पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउनु सार्थक रहन्छ । होइन भने केही बुद्धिजीवीहरु मात्रै बसेर समय बिताउने कार्य गर्दा राज्य र सार्वसाधारण जनताको लागि केही पनि उपलब्धी हासिल हुन सकिन्न ।
मलाई पनि न्याय चाहिन्छ, तिमीलाई पनि न्याय चाहिन्छ । अरुलाई पनि न्याय चाहिन्छ । तर चाहेर मात्रै सबै चीज प्राप्त हुन सक्दैन । पहिला न्याय र सुरक्षा आफ्नो भित्री मन देखि अनुभूति गर्न सक्ने वावतावरण तयार गर्नु आवश्यक छ । पछि मात्रै त्यसलाई व्यवहारमा प्रयोग गर्न सक्ने बलियो आधार तयार हुने गर्दछ । त्यसैले आज सरकारले सही सोच राखेर मात्रै एकै पल्ट सबै चीजको समाधान हुन्छ भन्ने छैन । एक एक पाइला गरी अन्याय र अत्याचारको बिरोध गर्ने र शोषण र असमानतालाई हटाई लाने काम भयो भने आज अन्यायमा परी अप्ठ्यारोसंग जीवन बिताइ रहेका किसान मजदुर र श्रमिक जनताले समेत न्याय र सुरक्षा महसुुस गर्नेछन् । होइन भोलि पर्सि भनी दिन गन्ती गरी बस्ने हो भने देशमा राणा शासन, पंचायती शासन र आज आएर प्रजातन्त्र र गणतन्त्रको नाममा ठूलठूला राजा महाराजाहरुको शासन चलिरहे झैं भोलि पनि यस्तै ठूला बडाहरुको मात्रै मानव अधिकार सुरक्षित हुने संस्कार कायम रहनेछ ।